काठमाण्डौ । ‘‘जेन–जी मुभमेन्ट’ ले संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने कुनै योजना नरहेको जनाएको छ । जेन–जी मुभमेन्ट’ ले एक प्रेस विज्ञप्ती जारी गर्दै आज भएको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको जनाएको हो ।
‘संसद् भवन हाम्रो शत्रु होइन, संसद् हाम्रो सम्पत्ति हो, जनताको पसिना र करले बनेको संस्था हो । संसद् भवन घेर्ने वा त्यसमाथि आक्रमण गर्ने हाम्रो कुनै योजना थिएन,’ जेन–जीले जनाएको छ ।
जेन–जीको प्रदर्शनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । सरकारले सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेन जी समूहले प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाण्डौ लगायत देशका मुख्य सहरहरु पोखरा, इटहरी, भैरहवा र बुटवल लगायतका क्षेत्रमा प्रदर्शन गरेका छन् ।
प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएपछि काठमाण्डौ, पोखरा, इटहरी,बुटवल र भैरहवामा कर्फ्यु जारी गरिएको छ ।