शुक्रबार, जेष्ठ १,२०८३ 02:44:50
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:44:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, केही दलले भने बहिस्कार गर्ने

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, केही दलले भने बहिस्कार गर्ने
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

प्रधानमन्त्रीले आज(मंगलबार) साँझ ६ बजे बालुवाटारस्थित आफ्नै सरकारी निवासमा सर्वदलीय बैठक आह्वान गरेका हुन् । 

Bizshala
New Office
CG Motors

जेनजीको आन्दोलन उग्र बनिरहेको समयमा सर्वदलीय बैठक आह्वान भएको हो । उनले बोलाएको सो बैठकमा रास्वपा, राप्रपा लगायतका दलहरुले बहिस्कारको नीति लिने समेत बुझिएको छ।  

सोमबार जेनजीको आन्दोलनमा ओली नेतृत्वको सरकारले जथाभावी गोली चलाउन प्रहरीलाई आदेश दिएको थियो । जसका कारण २० भन्दा बढीको मृत्यु भएको छ भने ३०० बढी घाइते भएका छन् । 

Garima Development Bank
Shivam Cement
IME remit

सो नरसंहारको विरोधमा सर्वसाधारणले आज बिहानदेखि नै देशभर प्रदर्शन गरिरहेका छन् । ठाउँमा ठाउँमा आगजनी र तोडफोड भएका छन् ।  

प्रदर्शनकारीहरुले पार्टीका कार्यालयहरु, नेताका घरहरुलाई टार्गेट गर्दै आगजनी गर्न थालेपछि अवस्था गम्भीर बन्दै गएको छ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.