काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्रीले आज(मंगलबार) साँझ ६ बजे बालुवाटारस्थित आफ्नै सरकारी निवासमा सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
जेनजीको आन्दोलन उग्र बनिरहेको समयमा सर्वदलीय बैठक आह्वान भएको हो । उनले बोलाएको सो बैठकमा रास्वपा, राप्रपा लगायतका दलहरुले बहिस्कारको नीति लिने समेत बुझिएको छ।
सोमबार जेनजीको आन्दोलनमा ओली नेतृत्वको सरकारले जथाभावी गोली चलाउन प्रहरीलाई आदेश दिएको थियो । जसका कारण २० भन्दा बढीको मृत्यु भएको छ भने ३०० बढी घाइते भएका छन् ।
सो नरसंहारको विरोधमा सर्वसाधारणले आज बिहानदेखि नै देशभर प्रदर्शन गरिरहेका छन् । ठाउँमा ठाउँमा आगजनी र तोडफोड भएका छन् ।
प्रदर्शनकारीहरुले पार्टीका कार्यालयहरु, नेताका घरहरुलाई टार्गेट गर्दै आगजनी गर्न थालेपछि अवस्था गम्भीर बन्दै गएको छ।