काठमाण्डौ । प्रधानमन्त्रीबाट राजीनामा गरेलगत्तै केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् ।
प्रदर्शनकारीहरुले बालुवाटारस्थित उनको सरकारी निवासमा प्रवेश गर्ने प्रयास जारी राखेकै बेला उनी नेपाली सेनाको सहयोगमा पदबाट राजीनामा गरी अज्ञात स्थलतर्फ गएका हुन् ।
उच्च सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा लगेर राखिएको छ ।
उनीसँगै अन्य दलका नेता, मन्त्रीहरुलाई समेत उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले बालुवाटार छाडेको केही समयपछि प्रदर्शनकारीहरु त्यहाँ पनि प्रवेश गरेर तोडफोड गरिरहेका छन्।
राज्यका मुख्य तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायापालिकामा जेनजी प्रदर्शनकारीहरुले कब्जा जमाइसकेका छन् ।