काठमाण्डौ । जेनजी मुभमेन्टले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन अपील गरेको छ ।
‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरुलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौं’ जेनजीले अपिल गरेको छ ।
न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु रहेको जेनजीले जनाएको छ ।