काठमाण्डौ । आफूले आह्वान गर्दा पनि जेनजी आन्दोलनकारीको आक्रामक प्रदर्शन, तोडफोड र आगजनी नरोकिएपछि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले केहीबेरअघि फेरि अर्को आह्वान गरेका छन् ।
केहीबेरअघि आफ्नो फेसबुक पेजबाट एक सन्देश प्रवाह गर्दै उनले अब देश जेनजीकै हातमा पुगिसकेको उल्लेख गर्दै थप क्षति नपुर्याउन आह्वान गरेका छन् ।
'Please gen Z देश तपाइँहरुकै हातमा हो, तपाईं हरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस ।'-बालेन भनेका छन् ।
