काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।
प्रधान सेनापति अशोक सिग्देलसँग आज दिउँसो भेट गरेको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले बालेन शाह वा सुशीला कार्कीमध्ये जो नेतृत्व गर्न तयार भए पनि आफूलाई त्यो स्वीकार हुने, तर उनीहरु तयार नभए देशलाई निकास दिन आफू नेतृत्वका लागि तयार रहेको बताएका हुन् ।
'आज दिनभर प्रधानसेनापति असोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो। यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ । मलाई नेतृत्वको मोह छैन । देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो। जेन जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु।' प्रसाईंले भनेका छन् - 'तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन। म जुनसुकै परिस्थितिको लागि पनि तयार छु।'
