दिल्लीले पत्याएन दुर्गा प्रसाईलाई, उल्टै दियो चेतावनी: 'उपचारका नाममा राजनीति र झूठा दाबी नगर्नू'
नयाँदिल्ली । भारतीय सरकारले नेपालका विवादास्पद व्यापारी तथा राजतन्त्र पुनर्स्थापना अभियान्ता दुर्गा प्रसाईंसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। प्रसाईं यो साता क्यान्सरको उपचार जाँचका लागि दिल्ली आएका थिए। यो छोटो समयमै उनको दोस्रो भारत भ्रमण हो।प्रसाईंले आफ्नो यो यात्रालाई ‘भारतीय नेताहरूसँग भेटेर नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र फर्काउन नैतिक साथ खोज्ने...

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        