काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईं सोमबार मध्यरातमा भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।
हिंसा भड्काउने खालका विभिन्न अराजकपूर्ण अभिव्यक्ति दिएको आरोपमा उनी पक्राउ परेका हुन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका थिए।
पक्राउपछि उनलाई जिल्ला प्रहरी प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको छ।

