• शुक्रबार, भाद्र २७,२०८२ 05:25:01
Global IME Bank Limited

‘स्मार्ट मनी ’ कन्सेप्टको आधारमा अबको बजारको सम्भावना कस्तो ? कति–कतिमा छ बलियो सपोर्ट ?

Hyundai Nepal
‘स्मार्ट मनी ’ कन्सेप्टको आधारमा अबको बजारको सम्भावना कस्तो ? कति–कतिमा छ बलियो सपोर्ट ?

काठमाण्डौ । यो साता जेन जीको आन्दोलनका कारण सेयर बजारमा २ दिन मात्रै कारोबार भयो । २ दिनको कारोबारमा बजार २ दिन नै घट्यो । अघिल्लो साता २ हजार ७१९.७७  को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६७२.२५ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ४७.५२ अंकले बजार घट्यो ।  

अघिल्लो साता पनि बजार ६१.२३ अंकले घटेको थियो । यो साता दोस्रो बजारमा ९ अर्ब ६१ करोडको मात्रै सेयर कारोबार भयो । अघिल्लो साता ५ कारोबार दिनमा बजारमा २५ अर्ब ४७ करोडका सेयर कारोबार भएको थियो  । यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुबैमा गिरावट आयो । यो साता बजार घट्दा बजार पूँजीकरण ४४ खर्ब ६७ अर्ब रह्यो  । अघिल्लो साता भने बजार पूँजीकरण ४५ खर्ब ४६ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताहरुको सम्पति ७९ अर्बले घट्यो ।  

प्राविधिक पक्षः  

स्मार्ट मनी कन्सेप्टको आधारमा  

स्मार्ट मनी कन्सेप्ट भनेको पूँजीबजारमा रिटेल इन्भेष्टरहरुको तुलनामा ठूला संस्था तथा वित्त कम्पनी जस्तै बैंक , हेज फण्ड तथा मार्केट मेकरहरुले प्रयोग गर्ने औजार हो । ठूला संस्थाहरुले बजारमा पैसा लगाउने रणनीतिको रुपमा पनि यसलाई बुझिन्छ ।  

यस आधारमा उनीहरले बजारले बनाएको स्टक्चरको अधारमा बजारबाट निस्कने तथा पस्ने रणनीति बनाएका हुन्छन् । जस्तै यदि बजारमा बुलिस चेञ्ज अफ क्यारेक्टर बनेको खण्डमा बजार थप पस्ने र वियरिस चेञ्ज अफ क्यारेक्टर बनेमा वा निरन्तरता पाएमा बजारबाट निस्कने गर्छन । जसले बजारमा थप क्षति हुनबाट लगानीकर्ताहरुलाई जोगाउने गर्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस आधारमा अबको बजारको सम्भवना कस्तो ?

स्मार्ट मनी कन्सेप्टको आधारमा बजारलाई नियाल्दा पछिल्लो पटक ३ हजार विन्दुबाट खसेको बजारले वियरिस क्यारेक्टरलाई निरन्तरता दिएको छ । जसलाई आवरली बेसमा नियाल्दा पनि बजारले वियरिस क्यारेक्टरलाई निरन्तरता दिएको छ । प्राविधिक रुपमा यसरी निरन्तर खसेको बजारले अब कतिसम्म यही क्यारेक्टरमा चल्न सक्छ भनेर बुझ्ने अर्को औजर भनेको सपोर्ट एण्ड रेसिस्ट्यान्स नै हो ।  

घट्दो बजारमा त्यस्ता सपोर्टका विन्दुहरु यस अघिका सपोर्ट प्वइन्टलाई खोजिन्छ भने बढ्दो बजारमा यस अघिका प्रतिरोधका विन्दुलाई हेरिन्छ । यस आधारमा यो साता २ हजार ६७२  को विन्दुमा बन्द भएको बजार अब खुल्दा अधिक करेक्सन आएको खण्डमा ५० देख ६० अंकको करेन्सनपछि सम्हालिन सक्ने देखिन्छ ।  

किनकी बजारले यस अघिनै फिवोनासीको ७० प्रतिशतसम्म करेक्सन आएको कारण पनि यो बिन्दुमा सपोर्ट लिन सक्छ भन्ने हो । तर प्राविधिक रुपमा यसको अर्थ पहिलेको प्रतिरोधमा फेरी पनि प्रतिारोध लिन्छ नै भन्ने र पहिलेको  सपोर्टमा बजारले फेरी पनि सपोर्ट लिन्छ नै भन्ने कुनै निश्चिता भने हुँदैन ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआईको आधारमा  

बोलिङ्गर ब्याण्डको आधारमा  

बोलिङ्गर ब्याण्डको अधारमा हाल बजार तल्लो ब्याण्डमा चलेको छ । यसको अर्थ बजारमा बिक्री दबाब परेको छ भन्ने हो । म्याक्डीमा यस अघि नै वियरिस क्रसओभर भ्यालिड नै रहेको छ । एक पल्ट बुलिस क्रसओभर नजिक पुगेता पनि फेरी हिस्टोग्राम छोटा छोटा हुँदै गएका छन् ।  

आरएसआई ओभर सोल्ड जोन ३२ को तहमा पुगेको छ । मनी फ्लो इन्डेक्स ओभर सोल्ड जोनबाट फर्केता  पनि फ्ल्याट बनेको छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा बजार करिब बटममा आइपुगेको देखिन्छ । तर बजार फर्की हाल्यो भन्ने हालसम्म कुनै पनि त्यस्तो संकेत भने देखिदैन ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – २८६२

प्रतिरोध २ – २८७२

प्रतिरोध १–  २७७३

पिभट् प्वइन्टः २७३४

घटेमा सपोर्ट

सपोर्ट १– २६८४

सपोर्ट २– २६४८

सपोर्ट  ३ –२५९५

निष्कर्षः अघिल्लो साता घटेको बजार यो साता पनि गिरवाट आएको देखिन्छ । यो साता आन्दोलको कारण २ दिन मात्रै खुलेको छ । जसमा २ दिन नै बजार घटेको छ । साथै यो साता बजार घट्दा कारोबार पनि घटेको छ । पछिल्लो पल्टको नेप्सेको कारोबार २० दिनको औषत कारोबार  भन्दा तल नै आएको छ ।  

हालको बजारलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा वियरिस चेञ्ज अफ क्यारेक्टरमा नै चलेको देखिन्छ । सपोर्ट एण्ड रेसिस्टेन्सबाट नियाल्दा केही समयदेखि लगातार घटेको बजार एउटा बलियो सपोर्ट नजिक आइपुगेको देखिन्छ ।  

विभिन्न इन्डिकेटरबाट नियाल्दा पनि बजार ओभर सोल्ड जोन नजिक आएको देखिन्छ । पिभट् मार्फत पहिलो सपोर्ट भत्काएको बजारले अब दोस्रो र तेस्रो सपोर्टमा क्रमशः सपोर्ट लिन पनि सक्छ । ट्रेन्डलाइन मार्फत अबको नजिकको सपोर्ट एण्ड रेसिस्टेन्स नियाल्दा पनि बजारले करिब यिनै विन्दुमा सपोर्ट लिन सक्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.