Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मंगलबार सत्तारुढ दलहरुको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने, पूँजीबजार प्राथमिकतामा

Global IME Bank Limited
मंगलबार सत्तारुढ दलहरुको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने, पूँजीबजार प्राथमिकतामा
Nabil Bank Limited

काठमाण्डौ । कांग्रेससहितको पुरानो गठबन्धनलाई ढालेर नयाँ गठबन्धन र सरकार बनाएका दलहरुले मंगलबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने भएका छन् ।  

दलहरुले सार्वजनिक गर्ने साझा न्यूनतम कार्यक्रम तयार भइसकेको छ । साझा न्यूनतम कार्यक्रमका लागि सरकारमा सहभागी सबै दलबाट एक एक जना प्रतिनिधिको कार्यदल बनाइएको थियो । कार्यदलले साझा न्यूनतम कार्यक्रम शीर्ष नेताहरुलाई २ दिनअघि नै बुझाइसकेको छ । सोही कार्यक्रम शीर्ष नेताहरुको सामान्य सम्पादनपछि सार्वजनिक हुन लागेको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार मंगलबार बिहान १० बजे सत्तासीन दलहरुको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका तय भएको छ ।  

सरकारमा सहभागी पाँचवटै दलका शीर्ष नेताको सहभागितामा साझा कार्यक्रम सार्वजनिक हुनेछ ।  

न्यूनतम साझा कार्यक्रम तयार गर्ने कार्यदलका एक सदस्यका अनुसार नयाँ समीकरणसँगै बनेको सरकारले अर्थतन्त्र सुधारको अजेण्डालाई प्राथमिकतामा राखेको छ । अर्थतन्त्र सुधारको प्रस्थानविन्दूको रुपमा पूँजीबजारलाई राखिएको र यहीबाट सरकारले अर्थतन्त्रमा देखिएको निराशालाई आशामा परिणत गर्ने रणनीति लिएको छ । सेयर बजार, घरजग्गा कारोबारलाई प्राथमिकता दिंदै आएको सरकारले बैंकिङमा देखिएको समस्या समाधान, निर्यात वृद्धि, उत्पादनमूलक उद्योगहरुको स्थापना लगायतमा जोड दिने बताइएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.