बुधबार, श्रावण १३,२०८३ 11:28:40
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 11:28:40
Bizshala
Global IME Bank Limited

भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने मागमा एमालेको सहमति

भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने मागमा एमालेको सहमति
New Office

काठमाण्डौ । जेनजी आन्दोलनकारीहरुले उठाएका प्रमुख माग भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा एमालेले समर्थन जनाएको छ । 

महासचिव शंकर पोखरेलले केहीबेरअघि एक विज्ञप्ति प्रकाशित गरी नेकपा एमाले कसैबाट भएको कुनै पनि प्रकारको भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने विषयमा आफ्नो दलको विमति नरहेको प्रष्ट्याएका हुन् ।  

उनले भदौ २३ र २४ गतेका घटनाहरुको निष्पक्ष र गहिरो छानबिन गरी दोषीहरुलाई कानूनी कारबाहीमा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्ने विषयमा समेत एमालेले सहमति जनाएको छ । 

यी दुवै खालका आयोगलाई सहयोग गर्न एमाले तयार रहेको महासचिव पोखरेलको भनाई छ ।  

सोही विज्ञप्तिमा एमालेले संसद विघटन भने गैरसंवैधानिक रहेको भन्दै यसलाई स्वीकार नगर्ने दाबी गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.