काठमाण्डौ । एमालेका केन्द्रीय सदस्य तथा युवा नेता विष्णु रिजालले अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनाललाई नोटबन्दी गर्न सुझाएका छन् ।
सामाजिक सञ्जालमा एक पोष्ट सार्वजनिक गर्दै नेता रिजालले लुकाइएका र भ्रष्टाचार गरी थुपारिएका नोट नियन्त्रण गर्न ५०० र १००० रुपैयाँको नोटमा प्रतिबन्ध लगाउन सुझाएका हुन् ।
उनले अगाडि लेखेका छन्-'अर्थतन्त्र बुझ्नुभएका रामेश्वर खनालले दुईवटा मात्र काम गर्नुभयो भने मुलुकले सम्झिराख्नेछः
१. कुनै पनि नयाँ सवारी साधन नकिन्ने, जलेकाको मर्मत नगर्ने, गाडी सुविधाको साटो नगद दिने।
२. लुकाइएका, भ्रष्टाचार गरेर थुपारिएका नोट नियन्त्रण गर्न ५०० र १००० का नोटमा प्रतिबन्ध । शुभकामना ।'
बौद्धिक नेताको छवि बनाएका रिजाललाई एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छ ।