काठमाण्डौ । कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ४.८१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।
बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.०१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर दिएको थियो। असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ३.२१ प्रतिशत,६ महिनादेखि १ वर्ष मुनिका लागि ३.४१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.९१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ४.८१ प्रतिशत ब्याजदर पाउनेछन् ।
कुमारी स्मार्ट एप अन्तर्गत ३ महिनादेखि ६ महिना तलका लागि ३.४१ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि लागि ३.६१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४.११ प्रतिशत, २ वर्ष र सो भन्दा माथिका लागि ५.०१ प्रतिशत ब्याजदर तोकिएको छ ।
त्यस्तै, संस्थागत ग्राहकले ६ महिनादेखि १ वर्ष तलका लागि मुद्दती निक्षेपमा २.७५ प्रतिशत र १ वर्षदेखि २ वर्ष मुनिका लागि २.८१ प्रतिशत,२ वर्षदेखि ३ वर्ष मुनिका लागि ३.०१ प्रतिशत र ३ वर्ष र सोभन्दा माथिको अवधिका लागि भने ४.०१ प्रतिशत ब्याजदर पाउने छन् ।