काठमाण्डौ । जापानमा करिब १ लाख मानिसले सय वर्षभन्दा बढी उमेर पूरा गरेका छन् । जापानका स्वास्थ्य मन्त्री ताकामारो फुकुओकाले शुक्रबार ८७ हजार ७८४ महिला र ११ हजार ९७९ पुरुष १०० वर्षभन्दा माथि रहेको बताएका छन् ।
पुरुष र महिलासहित कुल ९९ हजार ७६३ वृद्धहरूले १०० वर्ष पूरा गरेका छन्, जसमध्ये ८८ प्रतिशत महिला छन्। यो देशको कुल १२.४ करोड जनसंख्याको ०.८१ प्रतिशत हो। जापानले यो कीर्तिमान लगातार ५५ औं वर्ष बनाएको हो ।
जापानमा सेप्टेम्बर १५ मा ज्येष्ठ नागरिक दिवस मनाइन्छ। उक्त दिन जापानी प्रधानमन्त्रीले १०० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बधाई पत्र र चाँदीको चस्मा दिने गर्दछन् । यसपटक ५२ हजार ३१० ज्येष्ठलाई यो सम्मान प्रदान गरिएको छ ।
जापानको सबैभन्दा जेठी महिला ११४ वर्षकी शिगेको कागावा र सबैभन्दा जेठो पुरुष १११ वर्षकी कियोटाका मिजुनो हुन् । जापानमा जीवन दर ९५.१ छ अर्थात् यहाँ मानिसको औसत उमेर ९५ वर्ष छ। विश्व जनसङ्ख्या समीक्षा २०२४ को तथ्याङ्कअनुसार विश्वका मानिसको औसत उमेर सबैभन्दा बढी भएका देशहरूमध्ये जापान चौथो स्थानमा छ । यसमा पुरुषको तुलनामा महिलाहरु लामो समयसम्म बाँच्छन् ।
विश्व जनसंख्या समीक्षा २०२५ को तथ्याङ्क अनुसार जापान विश्वकै स्वस्थ्य देशहरूमा दोस्रो स्थानमा छ। जीवनको गुणस्तर, मोटोपना, मधुमेह, खुसी र स्वास्थ्यमा भएको खर्चका आधारमा यो प्रतिवेदन तयार गरिएको हो ।
सन् १९६० सम्म, जापानको औसत आयु जी सेभेन देशहरूको भन्दा कम थियो। सन् १९६३ मा सरकारले सर्वेक्षण गरेको थियो । यसमा १०० वर्षभन्दा बढी उमेरका १५३ जना थिए । त्यसपछि सरकारले सार्वजनिक पहल थाल्यो । नुन र चिनी कम सेवन गर्न मानिसहरूलाई सचेत गराइएको थियो। जापानमा मोटोपनको समस्या कम छ । यसले मुटु र क्यान्सर जस्ता रोगलाई कम गर्छ ।
सन् १९२३ मा टिभीमा ३ मिनेटको व्यायाम कार्यक्रम प्रसारण गरिएको थियो, जुन अहिले जापानको संस्कृति बनेको छ। सन् १९८१ मा १००० जनाले सय वर्ष पूरा गरेका थिए । सन् १९९८ सम्म यो संख्या १० हजार पुगेको थियो।
तर, केही सञ्चारमाध्यमले यी तथ्यांकलाई गलत भनेका छन् । सन् २०१० मा जापानको परिवार दर्ताको सरकारी लेखा परीक्षणले १०० वर्ष भन्दा माथिका २ लाख ३० हजार व्यक्ति या त बेपत्ता वा मरेको खुलासा गरेको थियो। रिपोर्टका अनुसार वृद्धवृद्धाका आफन्तहरूले पेन्सन योजनाको फाइदा लिन डाटामा छेडछाड गर्छन्।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        (26).jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                