Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कारोबारको केही मिनेटमै सर्वोत्तमको सेयरमूल्यमा अपर सर्किट, अन्य सिमेन्ट कम्पनीमा पनि खरीद चाप

Global IME Bank Limited
कारोबारको केही मिनेटमै सर्वोत्तमको सेयरमूल्यमा अपर सर्किट, अन्य सिमेन्ट कम्पनीमा पनि खरीद चाप
Nabil Bank Limited

काठमाण्डौ । दोश्रो बजारमा कारोबारमा आएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा अपर सर्किट लागेको छ ।  

बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको कम्पनीको ६० लाख साधारणसहित कुल ४ करोड ६५ लाख कित्ता सेयर हिजो नेप्सेमा सूचीकृत भएको थियो ।  

नेप्सेले पहिलो कारोबारका लागि यो कम्पनीलाई न्यूनतम १८५.३६ देखि ५५६.०८ रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको थियो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आजदेखि कारोबार सुरु भएकोमा बजार खुलेको ८ मिनेटमै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेको हो । योसँगै दोश्रो बजारमा सूचीकृत चारवटा सिमेन्ट उत्पादन गर्ने कम्पनीमध्ये सर्वोत्तमको सेयर सबैभन्दा महंगो सेयर बन्न पुगेको छ ।  

दोश्रो बजारमा पहिलो दिन नै अपर सर्किट लागेपछि सर्वोत्तम सिमेन्टको सेयरमूल्य प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको छ । यो कम्पनीले सर्वसाधारणलाई ३६०.९० रुपैयाँ प्रतिकित्ताको दरले आईपीओ बिक्री गरेको थियो ।  

यसरी हेर्दा आईपीओ खरीद गरेका र चिठ्ठाबाट आईपीओ परेकाहरुको लगानी पहिलो दिन नै झण्डै दोब्बर भएको छ ।  

अन्य सिमेन्ट कम्पनी पनि बुलिस मूडमा

सबैभन्दा पछिल्लोपटक कारोबारमा आएको सर्वोत्तम सिमेन्टको सेयर अपर सर्किटसहित सबैभन्दा महंगो भएपछि अन्य सिमेन्ट कम्पनीको सेयरमा पनि बुलिस संकेत देखिएको छ ।  

शिवम, सोना र घोराही सिमेन्टको मूल्य केही साताअघिदेखि नै बढिरहेको थियो । आज अझै उच्च अंकले बढ्ने सेन्टिमेन्ट देखिएको छ ।  

यो समाचार तयार पार्दासम्म शिवमको मूल्य प्रतिकित्ता ५७३, घोराहीको ५६९ र सोनाको मूल्य ५३० रुपैयाँ रहेको छ ।

कारोबारको पहिलो १५ मिनेटमा सबै सिमेन्ट कम्पनीको सेयरमा उच्च खरीद चाप देखिएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.