• बिहीबार, आश्विन २,२०८२ 04:11:59
Global IME Bank Limited

रोशन न्यौपानेले गरे बैंकिङबाटै अवकाशको घोषणा, बर्खास्तीको तयारीपछि आएको थियो राजीनामा !

Hyundai Nepal
रोशन न्यौपानेले गरे बैंकिङबाटै अवकाशको घोषणा, बर्खास्तीको तयारीपछि आएको थियो राजीनामा !
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले कार्यकाल बाँकी छँदै बिहीबार पदबाट राजीनामा गरे । बिहीबार नै बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरी कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष राठीलाई सुम्पियो ।  

यो खबर प्रकाशन भएसँगै न्यौपाने अरु कुनै बैंकतर्फ जान लागेका अनुमानहरु पनि भइरहेका छन् । त्यस्तै, कतिपयले भने न्यौपानेको बहिर्गमनलाई स्वभाविक भन्दै केही महिनाअघि नै बैंक छाडिसक्नुपर्ने अवस्थामा पुगेका उनले विभिन्न शक्तिकेन्द्रहरु परिचालन गरेर आफ्नो पद थमौति गरिरहेका थिए भनिरहेका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

वास्तविकता के हो त ? रोशन न्यौपानेको राजीनामा पछाडिको खास स्टोरी के रैछ ?

हामीले यो क्रममा बैंकभित्र, बाहिर, न्यौपाने निकट लगायतका स्रोतहरुसँग कुराकानी गरेका छौं ।  

बर्खास्तीबाट बच्न राजीनामा

बैंकस्थित उच्च स्रोतका अनुसार एनआईसी एशिया उनकै नेतृत्वमा लोभलाग्दो उचाईमा पुगेको थियो । बैंकको त्यसबेलाको त्यो उचाई, शान र प्रतिष्ठा भने उनै सीईओ न्यौपानेको गलत कार्यशैलीका कारण धेरै दिनसम्म नटिकेको सञ्चालकहरुको बुझाई छ ।  

'त्यति राम्रो भएको बैंकलाई उहाँले सम्हाल्न सक्नुभएन । जब बैंकको ब्राण्ड बिग्रिन थाल्यो, अधोगति सुरु भयो, त्यसपछि त झन् उहाँको कमजोर नेतृत्व क्षमता छर्लङ्गै देखियो ।' बैंकका एक सञ्चालकले नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै बिजशालासँग भने -'हामीले त त्यसबेलै उहाँलाई मार्गप्रशस्त गर्नुस् भनेका थियौं । तर उहाँले राजीनामा गर्न छाडेर विभिन्न शक्तिकेन्द्रहरुको प्रयोग गरेर आफ्नो पद थमौति गर्नुभयो ।'

ती सञ्चालकको दाबीलाई आधार मान्ने हो भने बैंक डूब्ने अवस्थामा पुगेपछि सञ्चालकहरुले आफूलाई बर्खास्त गर्ने बुझेका उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पावरलाई प्रयोग गरेका थिए । त्यसका लागि उनले ओलीनिकटका व्यापारी क्याप्टेन रामेश्वर थापाको माध्यम प्रयोग गरे ।  

बैंक डूब्ने अवस्थामा पुगेको र राष्ट्रबैंकले पनि कारबाही गर्ने अवस्था आएकै बेला उनी बैंक आउन छाडेर, रामेश्वर थापाको तीनकुनेस्थित कर्पोरेट टावरमा जान्थे र आफूलाई जोगाइदिन अनुनय गर्थे । धेरै धाइसकेपछि रामेश्वर थापाले भने प्रधानमन्त्रीसम्म कुरा पुर्याएर राष्ट्रबैंकलाई दवाब दिई सीईओ न्यौपानेलाई बैंकमै रहने वातावरण मिलाइएको थियो । त्यसबेला न्यौपानेको थमौतिका लागि सञ्चालकहरुलाई राष्ट्रबैंकको 'कारबाहीको त्रास' समेत देखाइएको स्रोत दाबी गर्छ ।  

त्यसपछि जेनजी आन्दोलनका कारण परिदृश्य एकाएक परिवर्तन भयो । शक्ति र सत्तामा रहेका केपी ओलीले हठात् राजीनामा दिनुपर्यो । ओली नै राजीनामा दिई हालसम्म सार्वजनिक नभइरहेको समयमा न्यौपानेले पनि आफूलाई शक्तिहीन ठाने  । यही बेला सञ्चालक समितिले न्यौपानेलाई हटाउने उपयुक्त अवसर देख्यो र बर्खास्त गर्नका लागि केही गोप्य छलफल अगाडि बढायो । यो सूइँको पाएपछि न्यौपाने आफैंले बिहीबार राजीनामा बुझाए । सञ्चालक समितिले पनि फटाफट उनको राजीनामा स्वीकृत गरिदियो।

'मंगलबार, बुधबार र बिहीबार विकसित घटनाक्रमको प्रतिफल हो न्यौपानेको राजीनामा ।' बैंकस्थित उच्च स्रोतले भन्यो-'उहाँले पद छाडेपछि अब बैंकले नयाँ शिराबाट आफूलाई अगाडि बढाउनेछ । अब एनआईसी एशिया पहिलाभन्दा राम्रो अवस्थामा पुग्नेछ ।' 

न्यौपाने भन्छन् -'व्यक्तिगत कारणले राजीनामा, बैंकिङमा फर्कन्ँन'

यसैबीच, राजीनामा दिएका न्यौपानेलाई हामीले बैंकबाट बाहिर्गमनको कारणको विषयमा सोधेका थियौं ।  

न्यौपानेले बिजशालासँग कुरा गर्दै आफ्नी पत्नीलाई चिकित्सकले ६ महिना पूरै बेड रेस्ट गर्न भनेको र आफ्नो पनि केही समयअघि सर्जरी भएका कारण समय दिन नसक्ने भएर बैंक छाडेको दाबी गरे । 'तपाईलाई त बर्खास्त गर्न लागिएको थियो रे नि त ?' भन्ने प्रश्नमा उनले त्यो गलत कुरा भएको दाबी गरे । 'यहाँ सबैको आ-आफ्नो स्वार्थ हुन्छ । तर तपाईले सुनेजस्तो होइन । म बीचमा पनि रिकभरिमा केन्द्रीत थिएँ । सञ्चालक समितिले मिडियाको बजेट पनि घटाइदियो । साथीभाईको अपेक्षाअनुसार काम गर्न सकिन्न भन्ने पनि लाग्यो र मैले राजीनामा दिए ।'-उनले दाबी गर्दै भने ।  

आफू पछिल्लो ३–४ महिना निस्क्रिय नरहेको समेत उनको जिकिर छ । 'म त्यो अवधिमा पूरै रिकभरिमा केन्द्रीत थिएँ ।'- उनले थपे ।  

एनआईसी एशिया छाडेर अन्य कुनै बैंकमा जाने भविष्यको योजनाको विषयमा पनि हामीले उनलाई सोधेका थियौं । जवाफमा न्यौपानेले आफू कुनै बैंकमा नजाने र अब बैंकिङमै नफर्किने घोषणा समेत गरे । 'अब म बैंकिङ नै छाड्छू हजूर । आफ्नै केही व्यवसाय थाल्छु ।' उनले भने - '१८ वर्ष केही सेक्टरमा गरेछु । ८ वर्ष त लिडरकै भूमिकामा बसेछु । अब कति एउटै सेक्टरमा काम गर्ने भन्ने लागेको छ र केही नयाँ गर्छु ।'  

कतिपयले बैंकर तथा विशेषगरी सीईओहरुले अरुले खोलेको संस्थामा जागिर मात्र खान जानेका छन्, उनीहरुले आफू केही गर्न सक्दैनन् भन्ने समाजमा निर्माण गरिएको भाष्यलाई आफूले गलत साबित गरिदिने उद्घोष समेत गरे । 'बैंकरहरु आफैंले पनि राम्रो व्यवसाय गर्न सक्छन् । आफैं पनि राम्रो गर्नसक्छन् भन्ने कुरा पनि प्रमाणित गर्नुछ ।'- उनले थपे ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.