काठमाण्डौ । डेल्टा अटोकर्प प्रालि नेपालका लागि भेस्पा स्कुटरको अधिकारिक बिक्रेताले भेस्पाका नयाँ BS-VI OBD-II Stage B इन्जिनसहितका प्रिमियम स्कुटरहरू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । नयाँ लाइनअप वातावरणमैत्री प्रविधि, उत्कृष्ट माइलेज, र उत्कृष्ट परफर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रंगमा उपलब्ध हुने घोषणा गरिएको छ ।
नयाँ भेस्पा सिरिजमा तीन मोडेलहरू समावेश छन् । भेस्पा जेटएक्स १२५ रु. ३ लाख ४९ हजारमा उपलब्ध हुनेछ, जसले क्लासिक डिजाइन र आधुनिक आकर्षणलाई संयोजन गरेको छ र पर्ल ह्वाइट, रेड ड्रागन, नेरोब्ल्याक र अज्जुरो प्रोवेन्जा जस्ता रंगमा प्रस्तुत गरिएको छ ।
भेस्पा १२५ को मूल्य रु. ३ लाख ९९ हजार निर्धारण गरिएको छ, जसले इटालियन स्टाइलिङ र उच्चस्तरीय आरामलाई जोड दिएको छ र ग्लोसी ग्रीन, अज्जुरो प्रोवेन्जा, रोस्सो रेड, नेरो ब्ल्याक, पर्ल ह्वाइरंगमा उपलब्ध हुनेछ ।
त्यस्तै, भेस्पा एस १२५ रु. ४ लाख ९ हजारमा प्रस्तुत गरिएको छ, जसले स्पोर्टी र स्टाइलिश लुक प्रस्तुत गर्छ र पर्ल ह्वाइट, नेरो ब्ल्याक, ओलिभग्रीन, जियालो येलो, ग्लोसी ओरेंजरंगमा पाइनेछ ।