सोमबार, श्रावण १८,२०८३ 12:10:34
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 12:10:34
Bizshala
Global IME Bank Limited

अमेरिकी कम्पनीहरूले एच-वानबी भिसा भएका कामदारहरूलाई फिर्ता बोलाए

अमेरिकी कम्पनीहरूले एच-वानबी भिसा भएका कामदारहरूलाई फिर्ता बोलाए
New Office

काठमाण्डौ । अमेरिकाले अब एच–वानबी भिसाका लागि प्रत्येक वर्ष एक लाख डलर आवेदन शुल्क लिने भएको छ। यो निर्णयपछि अमेरिकी टेक कम्पनीहरु माइक्रोसफ्ट, मेटा, वित्तीय कम्पनी जेपी मोर्गन र ई–कमर्स कम्पनी अमेजनले आफ्ना विदेशी कर्मचारीलाई तुरुन्तै अमेरिका फर्कन सल्लाह दिएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर १९ मा व्हाइट हाउसमा यो आदेशमा हस्ताक्षर गरेका हुन् । जसमा एच–वानबी भिसामा वार्षिक १ लाख डलरको अधिभार लगाइएको छ। यी नयाँ शुल्कहरू सेप्टेम्बर २१ बाट लागू हुनेछन्।

यसअघि एच–वानबी भिसाको औसत लागत ५ लाख रुपैयाँ थियो। यो ३ वर्षको लागि मान्य थियो। यसलाई ३ वर्षको लागि नवीकरण गर्न सकिन्छ। अब अमेरिकामा एच–वानबी भिसाका लागि खर्च ५० गुणाले बढ्नेछ ।  

अमेरिकी सरकारले प्रत्येक वर्ष चिठ्ठा मार्फत ८५ हजार एच वानबी भिसा जारी गर्छ, जुन प्रायः प्राविधिक कामका लागि प्रयोग गरिन्छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.