काठमाण्डौ । अमेरिकाले अब एच–वानबी भिसाका लागि प्रत्येक वर्ष एक लाख डलर आवेदन शुल्क लिने भएको छ। यो निर्णयपछि अमेरिकी टेक कम्पनीहरु माइक्रोसफ्ट, मेटा, वित्तीय कम्पनी जेपी मोर्गन र ई–कमर्स कम्पनी अमेजनले आफ्ना विदेशी कर्मचारीलाई तुरुन्तै अमेरिका फर्कन सल्लाह दिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर १९ मा व्हाइट हाउसमा यो आदेशमा हस्ताक्षर गरेका हुन् । जसमा एच–वानबी भिसामा वार्षिक १ लाख डलरको अधिभार लगाइएको छ। यी नयाँ शुल्कहरू सेप्टेम्बर २१ बाट लागू हुनेछन्।
यसअघि एच–वानबी भिसाको औसत लागत ५ लाख रुपैयाँ थियो। यो ३ वर्षको लागि मान्य थियो। यसलाई ३ वर्षको लागि नवीकरण गर्न सकिन्छ। अब अमेरिकामा एच–वानबी भिसाका लागि खर्च ५० गुणाले बढ्नेछ ।
अमेरिकी सरकारले प्रत्येक वर्ष चिठ्ठा मार्फत ८५ हजार एच वानबी भिसा जारी गर्छ, जुन प्रायः प्राविधिक कामका लागि प्रयोग गरिन्छ।