काठमाण्डौ । पूँजीबजारको फ्रन्टलाइन रेगुलेटरको रुपमा काम गरिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का कर्मचारीहरुले आफ्नै सीईओ र अध्यक्षलाई थुनेका छन् ।
कर्मचारीहरुले लामो समयदेखि आफूहरुले पाउने बोनसको विषय नटुङ्ग्याएको भन्दै उनीहरुले आन्दोलनसँगै नेप्सेको सञ्चालक समितिका अध्यक्ष हेमन्त बस्याल र सीईओ चूडामणि चापागाईंलाई उनीहरुकै कार्यकक्षमा थुनेका हुन् ।
केही समयअघि कर्मचारीहरुको समूहले होहल्ला गर्दै आफूहरुले पाउने बोनसको विषयमा लामो समयदेखि अनिर्णित भएको र आजै फाइनल हुनुपर्ने भन्दै नारा लगाएका थिए । कर्मचारीहरुले आजै निर्णय गर्न र आजै त्यसमा हस्ताक्षर गर्न बलजफ्ती गर्न खोजेपछि अध्यक्ष र सीईओले आफूहरु कर्मचारीको पक्षमै रहेको र सबै प्रक्रिया पूरा गरेर अगाडि बढेमा मात्र कानूनी समस्या नहुने भन्दै सम्झाउन खोजेका थिए ।
तर, लामो समयदेखि अड्किएको यो विषयमा सहमत हुन कर्मचारी सकारात्मक देखिएनन् । त्यसपछि उनीहरुले हाम्रो विषय फाइनल नहुञ्जेल ढोका खोल्दैनौं भन्दै नेप्सेको अध्यक्ष र सीईओलाई ढोका थुनेर राखेका हुन् ।