काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कामना सेवा विकास बैंक र युनिभर्सल पावरको सेयरमूल्य समायोजन भएको हो ।
यी दुवै कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कामना सेवा विकास बैंकको सेयरमूल्य प्रतिकित्ता ४७७.७३ रुपैयाँ कायम भएको छ । बैंकको अन्तिम कारोबार मूल्य ५२५.५० रुपैयाँ कायम थियो ।
कामना सेवा विकास बैंकले गत आवका लागि १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरेको छ ।
त्यस्तै, युनिभर्सल पावरको सेयरमूल्य प्रतिकित्ता ३८०.२८ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४१४.५० रुपैयाँ थियो । यूनिभर्सल पावरले ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यअनुसार यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।