काठमाण्डौ। सामलिङ्ग पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । नेपाल एसबिआई मेर्चन्ट बैंकिङलाई असोज ५ गतेको सम्झौताबमोजिम सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मेर्चन्ट बैंकिङले गर्नेछ ।