• बुधबार, आश्विन ८,२०८२ 06:37:11
Global IME Bank Limited

नेप्से अध्यक्ष र सीईओको राजीनामा माग, चरणबद्ध सङ्घर्ष कार्यक्रमको घोषणा

Hyundai Nepal
नेप्से अध्यक्ष र सीईओको राजीनामा माग, चरणबद्ध सङ्घर्ष कार्यक्रमको घोषणा
Shivam Cement

काठमाण्डौ । नेप्से कर्मचारी संघले अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणी चापागाइको राजीनमा माग गरेका छन् । संघले आज एक विज्ञप्ती जारी गर्दै दुवैको राजीनमा माग गरेको हो ।  

संघले राजनीतिक दलको कार्यकर्ता, राजनीतिक प्रभाव र भागवण्डाका आधारमा नेप्सेको सञ्चालक समितिको अध्यक्षमा हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृतमा चुडामणी चापागाई नियुक्त भएको जनाएको छ । अध्यक्ष बस्यालको कन्सल्टेन्सी र नेप्सेबीच पुरानो भुक्तानीसम्बन्धी विवाद रहेकै अवस्थामा उनी नेप्सेको अध्यक्षमा नियुक्त हुनु स्वार्थ बाझिने विषय भएको संघले जनाएको छ ।

‘पुरानो हिसाब मिलाउने गलत उद्देश्यका साथ उनी नेप्सेमा प्रवेश गरेको देखिन्छ । केही वर्षअघि तत्कालीन मन्त्रीको दबाब प्रयोग गरेर नेप्सेसँग कुनै औपचारिक सम्झौता वा खरिद कानुनअनुरूप प्रक्रिया बिना कुनै देखावटि परियोजनाका लागि “परामर्श सेवा” प्रदान गरेको भन्दै २५ लाख रुपैयाँ भुक्तानी माग्दा नेप्सेले अस्वीकार गरेको थियो, विज्ञप्तीमा भनिएको छ,  ‘सोही विवाद जारी रहँदा भुक्तानी नपाएपछि उनले समाजिक सञ्जाल तथा इमेलमार्फत नेप्सेको तत्कालीन व्यवस्थापनमाथि अनर्गल आरोप लगाउँदै धितोपत्र बजारप्रति अविश्वास फैलाउने र संस्थाको छवि धुमिल पार्ने काम गरे ।’

बस्याललाई नियुक्त गर्ने प्रक्रियामा संलग्न सबैलाई छानबिनको दायरामा ल्याउनु पर्ने समेत कर्मचारीले माग राखेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘नेप्सेलाई भित्रैबाट कमजोर बनाई बजारमा सक्रिय स्वार्थी समूहलाई मार्ग प्रशस्त गर्नु उनको अर्को उद्देश्य हो । सो उद्देश्य अनुरूप उनले कर्मचारीबीच फुट ल्याउने, कसैलाई अपमान गर्ने, कसैलाई उक्साउने, धम्क्याउने, र महँगा तालिमको प्रलोभन दिने जस्ता कार्य गर्दै कार्य वातावरण बिगार्न थालिसकेका छन ।’  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, २०८० साल मंसिरमा नेप्से सञ्चालक समितिले अर्थ मन्त्रालयमा पेश गरेको पुनर्संरचना प्रस्तावलाई असफल बनाउन पनि उनी सक्रिय देखिएको संघले आरोप लगाएको छ । ‘विभिन्न सञ्चार माध्यममा ‘नेप्सेको स्वामित्वमा पुनर्संरचना हुनु हुदैन’ भन्ने अभिव्यक्ति दिँदै, सुधारको नाममा सतही परिवर्तन मात्र गर्ने तर मूल समस्यालाई जस्ताको तस्तै राख्ने रणनीति अपनाइएको देखिन्छ । यसले सर्वसाधारणमा ‘नेप्सेले केही गर्न सक्दैन’ भन्ने सन्देश जाने र स्वार्थी व्यापारी समूहलाई फाइदा पुग्ने स्पष्ट संकेत गर्दछ,’ विज्ञप्तीमा उल्लेख छ ।  

यसबाहेक, ठूला खरिद प्रक्रियामा अनावश्यक हस्तक्षेप गर्ने, सोबाट प्राप्त कमिसन तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई चढाउने स्वार्थसहित बस्याल नेप्सेमा प्रवेश गरेको आशंका बलियो भएको नेप्सेका कर्मचारीले बताएका छन् ।  

‘नयाँ प्रणाली भित्राउन नसक्ने, विद्यमान प्रणालीलाई स्तरोन्नति गर्न पनि असमर्थ बनाउने गरी नेप्सेलाई जटिलतामा पार्ने खेल उनले सुरु गरिसकेका छन । छ महिनाअघि नियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई एक्लैले गर्न नसकेको कामलाई समर्थन गर्न बस्याल ‘अतिरिक्त शक्ति’का रूपमा नेप्सेमा आएको देखिन्छ । अझ NRN Infrastructure and Development Limited का प्रमुख कार्यकारी अधिकृतका रूपमा मासिक ५ लाख रुपैयाँ तलब र अन्य सुविधा छोडेर नेप्सेमा प्रति बैठक २५०० रुपैयाँ भत्ता बुझ्ने गरी आउनुले नै उनको नियतप्रति ठूलो प्रश्न खडा गरेको छ,। यसरी आर्थिक चलखेल गर्ने, कर्मचारी फुटाउने, प्रविधि बिगारेर सर्वसाधारणमा आक्रोश बढाउने नियतले प्रवेश गरेका हेमन्त बस्याललाई नेप्सेका कर्मचारीहरूले अध्यक्षका रूपमा स्वीकार गर्न सक्दैनन् । उनी नेप्सेसँग स्पष्ट रूपमा स्वार्थ बाझिएको पात्र भएकाले हाम्रो लागि अस्वीकार्य छन ।’ नेप्से कर्मचारी संघले उल्लेख गरेको छ ।  

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत चापागाँइको कार्यकाल ६ महीना बितिसक्दा पनि नेप्सेको पुर्नसंरचना, अन्तर्राष्ट्रिय प्रविधि ल्याउने तथा लगानीकर्ताको विश्वास अभिवृद्धी गर्ने तर्फ भन्दा पनि विचौलियाको अनुचित दवाव, प्रभाव र निर्देशनमा काम गर्दै आएको देखिन्छ । संस्थाको स्पष्ट कार्ययोजना तयार गर्न असक्षम र असमर्थ भई कमजोर निर्णय क्षमताको कारण उनीबाट आगामी दिनहरुमा संस्था सुधार गर्ने तर्फ कुनै पहल कदमीको सम्भावना समेत शून्य प्राय देखिएले तत्काल राजिनाका लागि जोडदार माग गरिएको छ ।  

संघले चरणबद्ध सङ्घर्ष कार्यक्रमको घोषणा समेत गरेको छ । जसअन्तर्गत चरणबद्ध सङ्घर्ष सम्पुर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँध्ने, धर्नामा बस्ने, प्रमुख कार्यकारी अधिकृतको

कार्यकक्षमा तालाबन्दी गर्ने, नेप्से सञ्चालक समितिका अध्यक्ष र सीईओको राजिनामा माग गर्ने रहेका छन् । 

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.