• बुधबार, आश्विन ८,२०८२ 09:07:52
Global IME Bank Limited

यसरी सूरु भयो नेप्सेमा आन्दोलन, युनियन अध्यक्ष भन्छन्, ‘काखमा राखेर छुरा हान्ने काम भयो ’

Hyundai Nepal
यसरी सूरु भयो नेप्सेमा आन्दोलन, युनियन अध्यक्ष भन्छन्, ‘काखमा राखेर छुरा हान्ने काम भयो ’
Shivam Cement

काठमाण्डौ । अघिल्लो दिन अध्यक्ष र सीईओलाई कार्यकक्षमा नै बन्धक बनाएका नेप्सेका कर्मचारीहरु आज भने हातमा कालो पट्टी बाधेर काम गरेका थिए । अघिल्लो दिन पत्रकारदेखि सबैलाई प्रवेशद्धारमै रोकेका कर्मचारीहरु आज निकै खुलेको पाइयो । अघिल्लो दिन कर्मचारीहरुले गुपचुप रुपमा आफ्ना माग राखेका थिए । उनीहरुले नेप्सेका सीइओ र अध्यक्षसँगको राजीनामा माग गरेका छन् ।  

तर मंगलबार अध्यक्ष हेमन्त बस्याल र सीईओ चूणामणी चापागाइसँंगको छलफल एकाएक चर्काचर्कीमा परिणत भए पछि दिनभर नेप्सेको बतावरण तनावग्रस्त बनेको थियो । नेप्सेस्थित कर्मचारी युनियनका अध्यक्ष समेत रहेका नवराज थापाले भने ‘आज निकै खुलेर नेप्से अध्यक्ष र सीईओको विरोध र राजीनामा माग गरेका छौं ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो सातासम्म सीईओ चापागाईको खुलेर प्रशंसा गरेका यूनियन अध्यक्ष थापाले आज भने उनको आलोचना गरे । उनले नेप्से सीईओ तथा अध्यक्ष कसैबाट परिचालीत भएको दाबी समेत गरे । उनले दुबैजना एमाले पार्टीबाट परिचालित भएको आरोप लगाए । ‘हामीले सीईओलाई आजसम्म सपोर्ट गरेकै हो । तर हामीलाई ओली शैलीमा नै सीईओले काखमा राखेर छुरा हाने । हामीलाई दुध भात खुवाउने जस्तो गरे । हामी निदाएको ठानेर सीईओले काखमा राखेर छुरा हाने ।’

उनीसँगै रहेका एक कर्मचारीले दुवै जना असक्षम र कमजोर कार्यक्षमता भएको व्यक्ति भएको आरोप लगाए । उनले थप्दै भने, ‘सीईओको नियुक्ति नै गैरकानूनि राजनीतिक पहुँचका आधारमा भएको हो । दुवैजना परिचालित र नेप्सेको अस्तित्व मेट्न आएका हुन् । त्यही कारण यिनिहरुलाई हाजिर गर्न दिने भन्ने बिषय नै हुन्न, सिधै राजीनामा नै हो ।’

उनले थपे ,‘सीईओको शब्द सापट लिने हो भने यिनिहरु ब्रम्हाण्डबाट परिचालित हुन् । हामीले सीईओ र अध्यक्षलाई अन्तर्राष्ट्रिय कानून र मानव अधिकारलाई पालना गर्दै हिजो आन्दोलन गरेका हौं । हाम्रो माग सामान्य नै थिए । पहिले हामी युनियन मात्रै गएका थियौं । तर अध्यक्ष एकाएक चर्किएपछि सबै कर्मचारीहरु एक भएर धर्ना दिएका हौं । उहाँहरुले पनि बाहिरका मान्छे पनि बोलाउनु भयो । त्यसपछि हामीले धर्ना दिएका हौ ।’

अपमान गरेको कारण धर्ना बस्न बाध्य भएको समेत उनले बताए । ‘सकेसम्म हामीले घरभित्रबाट नै समस्या समधान खोजेका थियौं । तर उहाँहरुले प्रवक्तालाई देखाएर पन्छिन खोज्नु भयो । दुवै जना तर्किन खोज्नु भयो,’उनले भने ।  

अर्की एक महिला कर्मचारीले सीईओ चापागाईले बाहिर समचार एउटा दिने तर कर्मचारीलाई पीडामा रखेको आरोप लगाइन् । उनीहरुले षडयन्त्र गर्न बोनसको बिषय उठाएको तर आफूहरुको माग त्यस्तो नभएको स्पष्ट पारिन् । कर्मचारीहरुले लगानीकर्ताहरुको अत्यावश्यक काम कालो पट्टी बाँधेर गर्ने बताए ।  

नेप्सेका अध्यक्ष हेमन्त बस्यालले कर्मचारीहरुले आफ्नो आवाज र माग उठाउनु स्वभाविक भएको बताए । उनले भने, ‘तर हामी त कानूनि प्रकृयामा चल्ने हो । कुनै वर्ष ५ प्रतिशत नै बोनस पनि थियो । कुनै वर्ष यो रोकेको पनि छ । अहिले श्रमअदालतले जिताएको हो । तर हामीले कार्यान्वयन गर्न फैसला कार्यान्वयन हुनु पर्छ । यदि फैसला कार्यान्वयन भएको खण्डमा कानूनी आधारमा हामीले उहाँहरुको सेवा सुविधामा कुनै पनि कटौति गर्न चाहेका छैनौ,’ उनले भने ।

उलने हालको समस्या समाधान पनि कानूनि प्रक्रियाबाटै हुने बताए । ‘सर्वोच्च अदालत नै अन्तिम कानूनि ब्याख्याकार हो । तर नेप्सेका कर्मचारीले भोली ११ बजेभित्रै हामीलाई यति सेवा सुविधा चाहिन्छ भन्ने विषय अर्थमन्त्रायको स्वीकृति र फैसला कार्यान्वयन नभएसम्म वैध हुनेछैन,’ उनले भने ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.