• बुधबार, आश्विन ८,२०८२ 09:07:23
Global IME Bank Limited

बीमा कम्पनीहरुमा दाबी अत्यधिक बढ्दै, नेपाल रि इन्स्योरेन्सलाई दायित्वको भार

Hyundai Nepal
बीमा कम्पनीहरुमा दाबी अत्यधिक बढ्दै, नेपाल रि इन्स्योरेन्सलाई दायित्वको भार
Shivam Cement

काठमाण्डौ । भदौ २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनका कारण भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा दाबी संख्या अत्यधिक बढ्न थालेको छ ।  

नेपाल बीमा प्राधिकरणका अनुसार असोज ८ गतेसम्ममा निर्जीवन बीमा कम्पनीहरुमा २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । हुलदंगाबाट भएको क्षतिका कारण ठूला बीमक र लघुबीमा गरी कुल १८ कम्पनीमा हालसम्म २ हजार ९८८ वटा बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।  

प्राधिकरणका अनुसार सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३०७ वटा दाबीको ५ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । स्रोतका अनुसार भाटभटेनीको बीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रहेको छ । जेनजी आन्दोलनबाट काठमाण्डौं लगायत बाहिर गरी थुप्रै स्टोरहरुमा तोडफोड भएको थियो भने १२ वटा स्टोरमा आगलागी भएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हुलदंगाका कारण क्षति पुगेका कारण बीमा कम्पनीहरुमा सम्पत्ति बीमा, मोटर बीमा, इन्जिनियरिङ तथा ठेक्का जोखिम, परिवहन बीमा र अन्य बीमा दाबी पर्न थालेको हो ।  

बीमा कम्पनीहरुमा यसरी अर्बौ रकम बीमा दाबी पर्न थालेपछि बीमकहरुमा दायित्व बढ्दै गएको छ । दोस्रो बढी दाबी पर्ने कम्पनीमा दि। ओरियन्टल इन्स्योरेन्स रहेको छ । हुलदंगाबाट क्षति पुगेको हिल्टन होटलको बीमा दि। ओरियन्टल इन्स्योरेन्समा रहेको छ ।  

त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १९६ वटा दाबीको २ अर्ब ७९ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । भाटभटेनीको केही प्रतिशत बीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्समा पनि रहेको बुझिएको छ ।  

जेनजीहरुको आन्दोलनका कारण सबैभन्दा बढी सम्पत्ति बीमामा मात्रै १९ अर्ब ३ करोड २८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।  

त्यस्तै, मोटर बीमामा ३ अर्ब ६५ करोड, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा ३४ करोड ७२ लाख, परिवहन बीमामा १ करोड ५५ लाख र अन्य बीमामा ३४ क रोड ६६ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।  

नेपाल रि इन्स्योरेन्सको दायित्व चुलिँदै  

जेनजीहरुको आन्दोलनका कारण क्षति भएका कारण बीमा कम्पनीहरुमा २३ अर्बभन्दा बढी दाबी परेपनि सबै दायित्व बीमा कम्पनीहरुले मात्रै बेहोर्नुपर्छ भन्ने हुँदैन ।  

निर्जीवन बीमा कम्पनीहरुले जोखिम बहन गर्नका लागि पुनर्बीमा गरेका हुन्छन् । जेनजीहरुको आन्दोलनहरुको कारण पुगेको क्षतिको बीमा हुलदंगाभित्र पर्दछ । नेपाल बीमा प्राधिकरणले बीमकहरुको यस्तो खालको बीमा व्यवसाय नेपाल रि इन्स्योरेन्सलाई मात्रै दिएको थियो ।  

जसबमोजिम नेपाल रि इन्स्योरेन्लाई बीमकहरुको पुनर्बीमार्फतको भार थपिदै गएको छ । निर्जीवन बीमा कम्पनीहरुको भागमा ३५ प्रतिशत र बाँकी ६५ प्रतिशत भार नेपाल रि ले ब्यहोर्नुपर्नेछ ।  

नेपाल रि इन्स्योरेन्ले पनि आफ्नो दायित्व विदेशी कम्पनी रेक्टो ट्रिटी ह्यानओभर रि सँग बाँडेको छ । तर विदेशी कम्पनीबाट दायित्वको झिनो प्रतिशतमात्रै वहन हुने भएका कारण नेपाल रि इन्स्योरेन्सले ठूलो भार व्यहोर्नुपर्ने देखिन्छ ।

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.