काठमाण्डौ । दशैंमा घर फर्किने यात्रालाई सुरक्षित र सहज बनाउन हुन्डाई नेपालले यस वर्ष पनि विशेष सेवा अभियान संचालन गर्ने भएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. (हुन्डाई गाडीको आधिकारिक वितरक) ले असोज ११ देखि १४ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म “हुन्डाई हाईवे एस्सुरेन्स : केयर–फ्री राइड टु होम” अभियान संचालन गर्ने जनाएको छ।
अभियानअन्तर्गत देशका प्रमुख राजमार्गका ११ स्थानमा हुन्डाईका दक्ष प्राविधिकहरू तैनाथ भई गाडीको निःशुल्क २६-प्वाइन्ट चेकअप सेवा प्रदान गरिनेछ। हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, भरतपुर, बुटवल, बाँके, धनगढी, धादिङ, इच्छाकामना-तनहुँ लगायत स्थानमा यो सेवा उपलब्ध हुनेछ।
कम्पनीले सवारी जाँचसँगै आवश्यक लुब्रिकेन्ट र कुलेन्ट निःशुल्क दिने व्यवस्था गरेको छ। विद्युतीय सवारीका लागि पोर्टेबल डीसी चार्जरहरू पनि राखिनेछन्। यस अभियानको उद्देश्य भनेको चाडपर्वमा ग्राहकलाई सवारीसम्बन्धी चिन्तामुक्त बनाई सुरक्षित यात्राको अनुभव दिलाउनु रहेको कम्पनीले जनाएको छ।
सन् २०१४ बाट सुरु गरिएको “हुन्डाई हाईवे एस्सुरेन्स” अभियानलाई कम्पनीले आफ्नो बिक्रीपश्चात सेवाप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा लिएको छ। हुन्डाईले प्रिमियम सवारी साधन मात्र नभई ग्राहकलाई चाहिने सम्पूर्ण मर्मत तथा सहयोग उपलब्ध गराउँदै आएको छ।