बुधबार, श्रावण १३,२०८३ 08:08:21
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 08:08:21
Bizshala
Global IME Bank Limited

कांग्रेसको आपतकालीन विज्ञप्ति: प्रकोपमा ७ बुँदामा ध्यान दिन अपील

कांग्रेसको आपतकालीन विज्ञप्ति: प्रकोपमा ७ बुँदामा ध्यान दिन अपील
New Office

काठमाण्डौ । नेपाली कांग्रेसले असोज १८ गतेदेखि सक्रिय हुने भारी वर्षा प्रणालीका कारण देशभर बाढी र पहिरोको जोखिम बढ्ने अनुमान गर्दै सरकार, राजनीतिक दल र नागरिकलाई उच्च सतर्कता अपनाउन अपील गरेको छ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी विज्ञप्तिमा भनेका छन्, “गत वर्ष असोज १२ मा ठूलो जनधन क्षति भएको र यस वर्ष भदौ २३–२४ को घटना अझै स्मरणीय छ। यसले देखाउँछ कि ठूलो विपद् पुनः दोहोरिन सक्छ। त्यसैले समयमै तयारी र सक्रिय प्रतिकार्यमा जुट्न आवश्यक छ।”

विज्ञप्तिमा सात बुँदे सतर्कता उपायहरू सुझाइएको छ, जसमा मुख्य बुँदाहरू यस्ता छन्:

1.यात्रु तथा स्थानीयलाई समयमै सूचना उपलब्ध गराउने।

2.सरकारका निर्देशन र मार्गनिर्देशन पालना गर्ने।

3.जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थलमा सार्ने।

4.पहाडी सडक मार्ग आवश्यक अवधिसम्म बन्द गर्ने।

5.स्थानीय तह र स्वयंसेवी संगठनलाई सक्रिय राखेर सहायता उपलब्ध गराउने।

6.आवश्यक साधन–स्रोत तयारी अवस्थामा राख्ने।

7.जोखिम क्षेत्रका गैरआवश्यक गतिविधि केही दिनका लागि स्थगित गर्ने।

विज्ञप्तिमा कांग्रेसले सबै तहका कार्यकर्तालाई पनि आफ्ना क्षेत्रमा स्वयंसेवकको रूपमा विपद् व्यवस्थापनमा सक्रिय हुन आह्वान गरेको छ।

पौडेलले थप भने, “सरकारले युद्धस्तरमा सजगता अपनाओस् र सम्भावित विपद् सामना गर्न सबै जिम्मेवार ढंगले जुटौं।”

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.