काठमाण्डौ । आज बिहानदेखि परिरहेको वर्षाको असरले देशभरका आन्तरिक उडानहरू हाल अस्थायी रूपमा रोकिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाका अनुसार करिब २० मिनेटदेखि आन्तरिकतर्फका सबै उडान बन्द गरिएको हो। उनका अनुसार बिहानै देशभर आन्तरिक उडानहरू सञ्चालन भए पनि लगातारको वर्षाका कारण हाल विमानहरू उड्न सकेका छैनन्।
तर अन्तर्राष्ट्रिय तर्फ भने कुनै समस्या नरहेको र जहाजहरू नियमित तालिकाअनुसार सञ्चालन भइरहेको प्रवक्ता शेर्पाले जानकारी दिएका छन्।
उनका अनुसार, "मौसम सामान्य भएपछि आन्तरिक उडानहरू पुनः सञ्चालनमा आउनेछन्। यात्रुहरूलाई केही समय धैर्य गर्न अनुरोध गर्दछौं।"