काठमाण्डौ । जापानको सेयरबजार हालसम्मकै उच्च कायम भएको छ । सोमबार ४ प्रतिशत भन्दा बढीले बढ्दै जापानको सेयरबजार मापक निक्की२२५ इन्डेक्सले नयाँ रेकर्ड कायम गरेको हो ।
जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीको नयाँ नेतृत्वको रुपमा सानेई ताकाईची निर्वाचित भएसँगै देशले पहिलो महिला प्रधानमन्त्री पाउने सम्भावना उच्च बनेको छ । जसका कारण लगानीकर्ता उत्साहित बन्दा सेयरबजारमा रौनक छाएको हो ।
निक्की२२५ मा सूचीकृत रियल स्टेट, टेक्नोलोजी र साइलिकल स्टकहरुमा उछाल देखियो । यासवाका इलेक्ट्रिक कर्पको सेयरमूल्य २० प्रतिशत भन्दा बढीले बढ्यो । यस्तै जापान स्टिल वर्कको सेयरमूल्य १४ प्रतिशत, मित्सुविसी हेभी इन्डष्ट्रिजको १३ प्रतिशत र कावासाकी हेभी इन्डष्ट्रिजको सेयरमूल्य १२ प्रतिशतले बढ्यो ।
यस्तै जापानको टोपिक्स इन्डेक्स पनि ३ प्रतिशतले बढ्दै अल टाइम हाईको उचाईमा पुगेको छ ।