बुधबार, असार १०,२०८३ 04:55:18
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:55:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा कम्पनीहरूले नेपाल सरकारले स्थापना गरेको कोषमा १% रकम अनिवार्य राख्नुपर्ने

Laxmi Sunrise Bank Limited
बीमा कम्पनीहरूले नेपाल सरकारले स्थापना गरेको कोषमा १% रकम अनिवार्य राख्नुपर्ने

काठमाण्डौ । बीमा कम्पनीहरूले सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था अन्तर्गत प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जनप्रदर्शन वा अन्य कारणले भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याउनुपर्ने भएको छ ।

बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०८० संशोधन गरेर उक्त व्यवस्था गरेको हो । प्राधिकरणले उक्त निर्देशिकाको दफा ४५ मा खण्ड (ङ) थप गरेको छ।

New Office
CG Motors
Garima Development Bank

उक्त बुँदामा प्राकृतिक प्रकोप, नागरिक आन्दोलन, जनप्रदर्शन वा अन्य कारणले भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत लगायतका कार्यका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा दाखिला हुने गरी गरिएको खर्च भन्ने शीर्षक थप गरेको छ।

जसमा बीमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था अन्तर्गत प्रत्येक आवको खुद मुनाफाको एक प्रतिशत रकम यस्तो शीर्षकमा छुट्याउनुपर्नेछ।

यसअघि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा सामाजिक परियोजनाहरूमा हुने खर्च अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोपको व्यवस्थापन, सामाजिक रुपमा पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, बीमा साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा सीमान्तकृत वर्गको बीमा सम्बन्धी कार्यक्रम आदिमा गरिने खर्चमा एक प्रतिशत रकम छुट्याउनुपर्नेछ।

त्यस्तै प्रत्यक्ष अनुदान खर्च अन्तर्गत अति विपन्न तथा सिमान्तकृत वर्गका लागि शिक्षा तथा स्वास्थ्यमा बीमा गर्दा हुने खर्च, गरिबी न्यूनीकरण अन्तर्गत नेपाल सरकारको गरिबी न्यूनीकरण सम्बन्धी रणनीति अन्तर्गत अति विपन्न वर्गको प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिको बीमाद्वारा रक्षावरण गर्दा हुने खर्च र आफ्नो कम्पनीमा कार्यरत कर्मचारीको बालबालिकाको लागि चाइल्ड केयर सेन्टरको व्यवस्था गर्दा लाग्ने खर्च शीर्षकमा खुद मुनाफाको एक प्रतिशत रकम छुट्याउनुपर्ने व्यवस्था छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.