काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले पहिलोपटक प्रतिऔंस ४ हजार डलरको आँकड पार गरेको छ । आजको कारोबारमा १.५२ प्रतिशत अर्थात ५९ डलरले बढेसँगै सुनको मूल्यले ४ हजारको आँकडा पार गरेको हो ।
यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ११ डलरमा भईरहेको छ । विश्वमा बढेको आर्थिक तथा राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताले सुरक्षित लगानीको रुपमा सुनमा लगानी बढाएसँगै सुनको मूल्य बढ्न पुगेको हो ।
सुनको मूल्य यतिबेला सन् १९७० को दशकपछिकै उच्च दरले बढिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अप्रिल महिनामा ट्यारिफ घोषणा गरेसँगै सुनको मूल्य २५ प्रतिशतले बढिसकेको छ ।
यस्तै अमेरिकाले आर्थिक तथ्यांक सार्वजनिक गर्न गरिरहेको ढिलाईका कारण लगानीकर्ता चिन्तित बन्दा समेत सुनको मूल्य वृद्धि भईरहेको छ ।