आईतवार, श्रावण ३,२०८३ 12:03:32
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 12:03:32
Bizshala
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद थप

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने म्याद थप
New Office

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदममा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले गत असोज २ गतेदेखि निष्कासन गरेको हकप्रदमा आवेदन दिने म्याद थप गरिएको हो ।  

बैंकले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय कित्ताको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गरेको छ ।  यो हकप्रदमाम आवेदन दिने अन्तिम मिति असोज २२ गते निर्धारण गरिएको थियो । तर मागबमोजिम आवेदन नपरेकाले कात्तिक ९ गतेसम्मका लागि म्याद थप गरिएको छ ।    

बैंकले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत भदौ ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यपिटलका साथै ग्लोबल आइएमई नवलपरासीस्थित भूमरी शाखा र नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय तथा यज्ञपुरी शाखा, टाँडी शाखा, चितवन पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा  ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

बैंकलाई हकप्रद निष्कासनका लागि रेटिङ प्रदापक कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्योर रेटिङ सी प्लस रेटिङ’ प्रदान गरेको छ। जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।  

बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बैंकले चुक्तापूँजीको १ः१ अर्थात शतप्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन १५ गते अनुमति पाएको थियो । त्यसअघि बैंकको विसं २०७९ असार ८ गते सम्पन्न बैंकको विशेष साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.