बुधबार, असार १०,२०८३ 01:33:29
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:33:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, अर्थ मन्त्रालयबाट बुझे पत्र

Laxmi Sunrise Bank Limited
नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, अर्थ मन्त्रालयबाट बुझे पत्र

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ । 

आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्वेवारी दिएको हो ।

New Office
CG Motors
Garima Development Bank

निवर्तमान अध्यक्ष रमेशकुमार हमालको पदावधी सकिएपछि अध्यक्ष पद रिक्त थियो । सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि उनलाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ ।

यसबारे बुझ्न खोज्दा उनले आफूले मन्त्रालयबाट पत्र बझेको तर पत्रको व्यहोरा भने हेर्न नभ्याएको बताएका छन् ।

गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्व विहिन छ । अर्थ मन्त्रालयले बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी कसलाई दिने भन्ने अन्योल कायमै रहँदा उनलाई नियुक्ती दिएको हो । 

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

समितिमा अर्थ मन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.