Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, अर्थ मन्त्रालयबाट बुझे पत्र

Global IME Bank Limited
नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, अर्थ मन्त्रालयबाट बुझे पत्र
Nabil Bank Limited

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ । 

आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्वेवारी दिएको हो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

निवर्तमान अध्यक्ष रमेशकुमार हमालको पदावधी सकिएपछि अध्यक्ष पद रिक्त थियो । सरकारले नयाँ अध्यक्षको नियुक्ति नहुँदासम्मका लागि उनलाई बोर्डको दैनिक प्रशासन र सञ्चालक समितिको बैठक बोलाउने अधिकार दिएको छ ।

यसबारे बुझ्न खोज्दा उनले आफूले मन्त्रालयबाट पत्र बझेको तर पत्रको व्यहोरा भने हेर्न नभ्याएको बताएका छन् ।

गत पुस २० गतेदेखि नेपाल धितोपत्र बोर्ड नेतृत्व विहिन छ । अर्थ मन्त्रालयले बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी कसलाई दिने भन्ने अन्योल कायमै रहँदा उनलाई नियुक्ती दिएको हो । 

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

समितिमा अर्थ मन्त्रालयका सचिव डा कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्।


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.