काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्य बढेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य १२ सय रुपैयाँले बढेको हो ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन पनि सुनको मूल्य २ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको. भाउ पनि बढेको छ । चाँदीको भाउले पहिलोपटक ३ हजारको आँकडा पार गरेको छ । यो दिन चाँदी ७० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २५ रुपैयाँ कायम भएको छ ।