काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि स्थगन भएको सेयर कारोबार पुनः सुचारु भएको छ । कारोबार खुलसँगै ४ प्रतिशतको वृद्धिबाट बजार झरेको थियो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १.५० प्रतिशत अर्थात ३८.३३ अंकले बढेर २ हजार ५९७ विन्दुमा कारोबार भईरहेको छ । यतिेबला ६१ लाख ५५ हजार कित्ता सेयर २ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भईरहेको छ ।
आज बजार खुलेसँगै सेयर बजारमा ४ प्रतिशतको बढोत्तरीका साथ पोजेटिभ सर्किट लागेको थियो । नेप्सेृ परिसूचक ४ प्रतिशत अर्थात १०२.४१ अंकले बढेर २ हजार ६६२ विन्दुमा हल्ट भएको छ ।
नेपाल राष्ट्र बैंकले सर्कुलरमार्फत सेयरबजारमा लाग्दै आएको सेयर धितोबर्जाको सीमा हटाउनुका साथै बैंकहरुलाई सेयर कारोबारमा सहज व्यवस्था गरेसँगै लगानीकर्ताको मनाबेल उच्च बन्दा आज बजारमा उछाल देखिएको हो ।