काठमाण्डौ । भारतको मध्य प्रदेश प्रहरीले चेन्नईस्थित श्रीसान फार्मा कम्पनीका मालिक एस. रंगनाथन पक्राउ परेका छन् । यो कम्पनीले दूषित कफ सिरप ‘कोल्डरिफ’ उत्पादन गरेको आरोप छ, जसका कारण राज्यमा कम्तीमा २० बालबालिकाको मृत्यु भएको छ ।
छिन्दवाडामा खोकीको सिरप पिएर मिर्गौला फेल भएर मृत्यु भएका बालबालिकाको घटनामा अक्टोबर ५ गते १२ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरिएको थियो । परासियामा सेप्टेम्बर ७ देखि एक एक गरी कैयौं बालबालिकाको मृत्यु भैरहेको छ । ६ बालबालिकाको मृत्यु भएपछि प्रशासन क्रियाशिल बनेको थियो २३ सेप्टेम्बरमा प्रशासनले अनुसन्धान थालेको थियो ।
खोकीको सिरप पिएपछि मिर्गौला फेल भएर बालबालिकाको मृत्यु भएको अनुसन्धानले देखाएको छ । यो सिरप तमिलनाडुको कांचीपुरम जिल्लाको श्रीसन फार्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको हो । यो सिरप छिन्दवाडा र वरपरका शहरहरूमा बिक्रीको लागि उपलब्ध थियो।