सोमबार, श्रावण १८,२०८३ 11:40:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:40:49
Bizshala
Global IME Bank Limited

रहनुस् अलर्ट ! सुन अचाक्ली महङ्गो हुनु पनि खतराको संकेत, १९७३ को किन हुँदैछ चर्चा ?

रहनुस् अलर्ट ! सुन अचाक्ली महङ्गो हुनु पनि खतराको संकेत, १९७३ को किन हुँदैछ चर्चा ?
New Office

काठमाण्डौ । विश्व बजारमा सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा भइरहेको यो तीव्र वृद्धिलाई वित्तीय विश्लेषकहरूले केवल नाफाको अवसरका रूपमा नभई ‘आर्थिक जोखिमको संकेत’ का रूपमा व्याख्या गरेका छन्।

भारतका चार्टर्ड वित्तीय विश्लेषक हिमांशु पाण्डेयका अनुसार, अहिले सुनमा भइरहेको लगानी केवल मुनाफाका लागि होइन, सम्पत्ति सुरक्षाका लागि केन्द्रिय बैंक, संस्थागत लगानीकर्ता र सार्वभौम कोष (sovereign funds) ले आक्रामक रूपमा खरिद गरिरहेका छन्।

उनका अनुसार, सुनको मूल्य वृद्धिले आर्थिक प्रणालीमा उत्पन्न हुन सक्ने अस्थिरताको सङ्केत दिएको छ। उनले यस अवस्थाको तुलना सन् १९७० को दशकमा देखिएको तेल सङ्कट (Oil Shock) सँग गरेका छन्, जुन बेला तेलको मूल्य अचानक बढ्दा विश्व अर्थतन्त्र हल्लिएको थियो।

पाण्डेयका शब्दमा, “सुन अहिले मुद्रास्फीति (inflation) विरुद्धको मात्र सुरक्षात्मक साधन होइन, प्रतिफल (return) दिने प्रभावकारी लगानी विकल्पका रूपमा पनि उदाउँदै गएको छ।”

तथ्यांक के भन्छन्?

सन् २०२५ मा सुनले झन्डै ५१ प्रतिशत प्रतिफल दिएको छ।

पछिल्ला पाँच वर्षमा सुनको मूल्यमा २०० प्रतिशतभन्दा बढी वृद्धि भएको छ, जुन वार्षिक औसत २४ प्रतिशत चक्रवृद्धि वृद्धिदर (CAGR) हो।

१९७० को दशकको तेल संकटको झल्को

सन् १९७३ मा अरब–इजरायल युद्धपछि मध्यपूर्वका देशहरूले तेल आपूर्ति रोक्दा तेलको मूल्य चार गुणा बढ्यो। त्यसले विश्वभर मुद्रास्फीति, वित्तीय संकट र आर्थिक अस्थिरता निम्त्यायो।  

विज्ञहरूका अनुसार, अहिले सुनमा भइरहेको तीव्र वृद्धि त्यही खालको चेतावनी संकेत हो-विश्व अर्थतन्त्र फेरि नयाँ दबाबको दिशामा अघि बढिरहेको संकेत।

-एजेन्सीको समेत सहयोगमा तयार रिपोर्ट

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.