सोमबार, श्रावण १८,२०८३ 11:39:12
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:39:12
Bizshala
Global IME Bank Limited

एक निर्णयले हल्लायो बजार: दुई ट्रिलियन डलरको क्षति कसरी भयो ?

एक निर्णयले हल्लायो बजार: दुई ट्रिलियन डलरको क्षति कसरी भयो ?
New Office

काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १०० प्रतिशत आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेसँगै विश्व बजारमा ठूलो हलचल आएको छ। शेयर बजारदेखि क्रिप्टोकरेन्सी बजारसम्ममा झट्का पर्न पुगेको छ।

विश्वभरका लगानीकर्ताले जम्मा २ ट्रिलियन अमेरिकी डलर बराबरको मूल्य गुमाएका छन् भने क्रिप्टो बजार मात्रले झण्डै ५६० अर्ब डलरको पूँजी एकै दिनमा गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ब्लूमबर्गका अनुसार, ट्रम्पको निर्णयपछि विश्वका १६ लाखभन्दा बढी क्रिप्टो लगानीकर्ता प्रभावित भएका छन्। यस अवधिमा करिब १९ अर्ब डलरभन्दा बढी क्रिप्टो सम्पत्ति डुबेको छ। एक घण्टाभित्र मात्र ७ अर्ब डलरभन्दा बढीको दांव लिक्विडेट (विक्री) भएको बताइएको छ, जुन डिजिटल सम्पत्तिको इतिहासकै सबैभन्दा ठूलो सामूहिक विक्री हो।

यस घोषणापछि क्रिप्टो बजारको कुल पूँजीकरण एक दिनमा ४.३० ट्रिलियन डलरबाट घटेर ३.७४ ट्रिलियन डलरमा झरेको छ।

अमेरिकी शेयर बजार पनि यस घटनाले प्रभावित भएको छ। NVIDIA, Tesla र Amazon जस्ता प्रमुख कम्पनीका शेयरहरूमा उल्लेखनीय गिरावट आएको छ।

ट्रम्पले घोषणा गरेका अनुसार, आगामी २०२५ नोभेम्बर १ देखि चीनबाट आयात हुने “महत्वपूर्ण सफ्टवेयर र वस्तुहरू” मा १०० प्रतिशत ट्यारिफ लागू हुनेछ। यो कदम चीनमाथि आर्थिक दबाब सिर्जना गर्ने उद्देश्यले गरिएको मानिएको छ, तर यसले विश्व बजारमा अनिश्चितता र अस्थिरता बढाएको विश्लेषकहरूको भनाइ छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.