काठमाण्डौ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज २७ गते नेपाल एसबिआई बैंकको प्रधान कार्यालय,कमलादीमा सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८२ को वासलात, आव २०८१/८२ को नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत)पारित गर्यो ।
सभाले कम्पनीका सेयरधनीलाई चुक्तापुँजीमा २५ प्रतिशतका दरले पाँच करोड रुपैँयाबराबरको नगद लाभांश(नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गर्यो ।
उक्त साधारण सभाले आव २०८२/८३ को कम्पनीको लेखापरीक्षण गर्नका लागि मेशर्स एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।