मंगलवार, आश्विन २८,२०८२ 03:17:08
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 03:17:08
IME remit
Global IME Bank Limited

'राजनीति पेशा होइन, सेवा हो'-दलहरू यो कुरा कहिले बुझ्ने ?: भीम चन्दको आर्टिकल

Hyundai Nepal
'राजनीति पेशा होइन, सेवा हो'-दलहरू यो कुरा कहिले बुझ्ने ?: भीम चन्दको आर्टिकल
Shivam Cement

-भीम चन्द

 

 

विश्वका धेरै विकसित लोकतान्त्रिक मुलुकमा राजनीतिक दलहरूको संख्या सीमित हुन्छ। यसको प्रमुख कारण दल दर्ता, संचालन र आर्थिक पारदर्शितासम्बन्धी कठोर मापदण्ड हुन्। त्यस्ता देशहरूमा जथाभावी रूपमा दल दर्ता गर्न पाइँदैन । दलको आय–व्यय स्पष्ट हुनुपर्छ, अवैध स्रोतको प्रयोग निषेध हुन्छ र पर्याप्त जनसमर्थनबिना दल टिक्नै सक्दैन । त्यसैले दुई वा तीन प्रमुख दलहरू नै राष्ट्रिय राजनीतिमा प्रभावशाली रहन्छन्।

हिंसात्मक, अराजक वा समाजविरोधी गतिविधिमा संलग्न समूह वा व्यक्तिलाई दल खोल्ने वा सदस्य बन्ने अधिकार हुँदैन । व्यक्तिगत वा सार्वजनिक सम्पत्ति नोक्सान गर्ने, राज्यविरोधी वा अमानवीय गतिविधिमा लिप्त समूहहरूलाई राजनीतिक मान्यता दिइँदैन । अपराधमा संलग्न समूहलाई दलका रूपमा दर्ता नगरी सीधा कानूनी कारबाही हुन्छ ।

Shivam Cement
Bizshala
CG Motors

कुनै मान्यता प्राप्त दलमा देशद्रोही वा आपराधिक पृष्ठभूमि भएका व्यक्ति भेटिएमा दलकै दर्ता खारेज गर्न सकिने प्रावधान हुन्छ । त्यस्तो दलका नेताले अर्को दल खोल्न वा अन्य दलमा प्रवेश गर्न पाउँदैनन् । यही कारण विकसित देशका दलहरू सीमित र राष्ट्रप्रति उत्तरदायी देखिन्छन् ।

त्यहाँका नेताहरू राजनीतिलाई पेशा होइन, सेवा मान्छन् । पद समाप्त भएपछि उनीहरू आफ्नै पेसा वा व्यवसायमा फर्किन्छन्।

भेनेजुएलाको उदाहरण र नेपालको वास्तविकता

तेल आम्दानीले धनी बनेको भेनेजुएला पछिल्लो समय असंख्य दल र नेताहरूको स्वार्थी राजनीति, विदेशी प्रभाव र भ्रष्ट अभ्यासका कारण असफल मुलुकका रूपमा परिणत भएको छ । दलगत भागबण्डा, अनुत्तरदायी नेताहरू र अनियन्त्रित राजनीति देशको अर्थतन्त्रका लागि अभिशाप बनेको छ ।

नेपालमा पनि यस्तै प्रवृत्ति बढ्दो छ । ठेक्कापट्टा र अनैतिक चन्दा संकलनबाट दलहरू संचालन हुने क्रमले बजार मूल्य वृद्धि, मुद्रास्फीति र भ्रष्टाचार बढाएको छ । व्यापारी वा पेशाकर्मीले दललाई चन्दा दिँदा त्यसको भार उपभोक्तामाथि पर्न थालेको छ ।

दल दर्ता र संचालनमा सुधारको आवश्यकता

अब नेपालमा पनि सीमित र जिम्मेवार दल प्रणाली कायम गर्न कडा नियम लागू गर्नुपर्ने समय आएको छ । दल दर्ता, आर्थिक स्रोत र खर्च व्यवस्थापनमा पारदर्शिता सुनिश्चित गर्नुपर्छ ।

अपराधिक, अराजक र अराष्ट्रिय गतिविधिमा संलग्न व्यक्तिहरूलाई दलको सदस्यता दिन नपाइने र त्यस्ता समूहलाई कानूनी कारबाहीको सिफारिस गर्ने व्यवस्था हुनुपर्छ । भ्रष्ट वा अपराधी व्यक्तिहरू भएको दलले समयमै आन्तरिक शुद्धीकरण नगरे दर्ता खारेज गर्नुपर्ने कानूनी आधार तयार हुनुपर्छ ।

Muktinath Bikas Bank Limited

शुद्ध राजनीतिक संस्कृतिको आवश्यकता

राजनीतिक दलहरूले राष्ट्रनिर्माणमा योगदान दिने गरी दलीय शुद्धीकरण अभियान सञ्चालन गर्नुपर्छ । साना–साना दलका नाममा फैलिएको अस्थिरता अन्त्य हुन जरुरी छ । दल फुटाएर नयाँ दल बनाउने संस्कृतिलाई नियन्त्रण गर्नुपर्छ ।

कुनै दललाई मान्यता पाउन देशभरका कुल मतदाताको कम्तीमा ३० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था हुनुपर्छ । दल विभाजनपछि जनाधार उक्त सीमा भन्दा तल झरेमा दर्ता स्वतः खारेज हुने प्रावधान आवश्यक छ ।

त्यस्तै, राजनीतिक दलमा संलग्न हुने व्यक्तिले निश्चित पेशा–व्यवसाय, वैध आयस्रोत र देश विकासको स्पष्ट दृष्टिकोण राख्नुपर्छ । अनैतिक, अपराधिक पृष्ठभूमि भएका वा शिक्षागत योग्यता नभएका समूहलाई दल दर्ता गर्न रोक लगाइनुपर्छ ।

राजनीतिमा नैतिकता र योग्यता अनिवार्य

सामाजिक शान्ति भंग गर्ने, जनधनको क्षति पुर्‍याउने वा हिंसात्मक गतिविधिलाई राजनीतिक घटनाको रूपमा मान्न पाइँदैन । कुनै दल वा त्यसका संगठनहरूले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएमा सम्बन्धित दल नै जिम्मेवार हुनुपर्छ । बिगो बराबरको जरिवाना र क्षतिपूर्ति असुल्ने प्रावधान हुनुपर्छ ।

अपराधलाई संरक्षण गर्ने वा कारबाहीमा अवरोध गर्ने दलको दर्ता खारेज गर्नेसम्मको कानूनी व्यवस्था हुनुपर्छ ।

देशका नीति–निर्माताहरू योग्य, शिक्षित र जिम्मेवार हुनुपर्छ । उनीहरूले आफ्नो काम, कर्तव्य र सीमाबारे पूर्ण ज्ञान राख्नुपर्छ । विधायक बन्ने व्यक्ति सिर्जनशील, नैतिक र राष्ट्रहितमा प्रतिबद्ध हुनुपर्छ ।

त्यस्ता मापदण्ड लागू भए लोकतन्त्र बलियो बन्नेछ र जनतामा जनप्रतिनिधिप्रति गर्व र विश्वास जगाउने वातावरण सिर्जना हुनेछ।

(लेखक पर्यटन व्यवसायी हुन्।)

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.