Bizshala
  • सोमबार, जेष्ठ २५,२०८३ 06:23:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वीरगञ्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Laxmi Sunrise Bank Limited
वीरगञ्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Shivam Cement

काठमाण्डौ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा दायर गरेको आरोपपत्रले नागरिकता प्रक्रिया दुरुपयोगको आरोपमा   मुद्दा दायर गरेको हो । 

Bizshala
New Office
CG Motors

आयोगका अनुसार अरू व्यक्तिको छोरीलाई आफ्नै छोरीको रूपमा प्रस्तुत गरी झुटा विवरण तयार पारेर नेपाली नागरिकता दिलाइएको तथ्य फेला परेको छ।  

सोही प्रक्रियामा सरकारी निकायहरूको संलग्नता रहेको दाबी गर्दै अख्तियारले विस्तृत अनुसन्धानपछि कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।

अभियोगअनुसार मेयर सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रीता भट्टराईकी छोरी रुवीना श्रेष्ठलाई आफ्नी छोरीको रूपमा प्रस्तुत गरी नागरिकता प्राप्त गर्ने प्रक्रिया अघि बढाएका थिए।

२०७१ साल कात्तिक २० गते वीरगञ्ज महानगरपालिका–३ को कार्यालयमार्फत झुटा विवरणसहित जन्मदर्ता प्रमाणपत्र तयार गरिएको र त्यसकै आधारमा वडाबाट सिफारिस लिएर २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता जारी गरिएको आरोपपत्रमा उल्लेख छ।

Garima Development Bank
Shivam Cement
Bizshala

यसै प्रकरणमा जिल्ला प्रशासन कार्यालय पर्साका तात्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ।  

अख्तियारले सरकारी संयन्त्रको दुरुपयोग गरी गलत विवरणका आधारमा नागरिकता जारी गरिएको दाबी गर्दै सबै प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको हो।

यो घटनाले स्थानीय तह र प्रशासनिक निकायमा हुने निर्णय प्रक्रियाको पारदर्शिता र नागरिकता वितरण प्रणालीमाथि कडाइ गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.