बुधबार, आश्विन २९,२०८२ 08:21:22
IME remit
  • बुधबार, आश्विन २९,२०८२ 08:21:22
IME remit
Global IME Bank Limited

कृषि, पशुपन्छी तथा जडिबूटी बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Hyundai Nepal
कृषि, पशुपन्छी तथा जडिबूटी बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्ने सम्बन्धमा र प्राधिकरणले पहिलो पटक व्यवस्थागर्न लागेको क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदाका सम्बन्धमा बीमकका राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्राधिकरणबाट प्रस्तुत कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ को संशोधन मस्यौदा र क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिकाको मस्यौदामाथि विस्तृत छलफल भएको थियो ।

Shivam Cement
Bizshala
CG Motors

यसैगरी, नेपाल सरकारबाट प्रदान हुने अनुदानका लागि सिफारिश सम्बन्धी व्यवस्था र कृषि बीमा रियल टाइम सफ्टवेयर (एएलआईएस) को संचालनको विद्यमान अवस्था, आइपरेका समस्या र समाधानका लागि चाल्नुपर्ने कदमका सम्बन्धमा बीमकका प्रतिनिधिहरूबाट सुझावहरू लिइएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ लाई सामयसापेक्ष परिमार्जन गर्न लागेकाले त्यसका लागि वास्तविक राय सुझावहरू दिन आग्रह गरे ।

कार्यकारी निर्देशक सुवेदीले प्राधिकरणले पहिलो पटक क्षति मूल्याङ्कनकर्ता सम्बन्धी निर्देशिका ल्याउन लागेको जानकारी दिँदै त्यसका लागि समेत ठोस रायसुझावहरू दिन आग्रह गरे ।

साथै, उहाँले बीमकहरूबाट प्राप्त रायसुझावहरूलाई समेत समेटेर निर्देशिकाका मस्यौदाहरूलाई अन्तिम रूप दिने जानकारी दिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू तथा प्राधिकरणको कृषि बीमा शाखाका कर्मचारीहरू र निर्जीवन बीमा कम्पनीहरूका कृषि विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.