सोमबार, श्रावण १८,२०८३ 10:15:28
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:15:28
Bizshala
Global IME Bank Limited

भियतनामले मोटरसाइकलमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै जापानले दियो रोजगारी गुम्ने चेतावनी

भियतनामले मोटरसाइकलमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै जापानले दियो रोजगारी गुम्ने चेतावनी
New Office

काठमाण्डौ । भियतनाम सरकारले राजधानी हानोईमा पेट्रोलबाट चल्ने मोटरबाईक प्रवेश गर्न निषेध लगाएसँगै जापान सरकार र केही ठूला अटो निर्माताले यसले भियतनामको रोजगारीमा समस्या सिर्जना गर्नसक्ने चतावनी दिएका छन् । भियतनामको दुईपाङ्ग्रे अटोबजारमा जापानको अटो निर्माता होन्डाको दबदबा रहेको बेला जापान सरकारले यस्तो चेतावनी दिएको हो ।  

गत जुलाई महिना भियतनामका प्रधानमन्त्री फाम मिन्हले राजधानी हानोईमा सन् २०२६ को मध्यबाट पेट्रोलबाट चल्ने बाइकहरुलाई प्रवेश गर्न नदिन निर्देशन जारी गरेका थिए । उनले राजधानीको उच्च वायु प्रदुषण कम गर्न यस्तो निर्देशन जारी गरेका हुन् । यो निषेधाज्ञालाई सन् २०२८ मा अझै कडाई गरिने र यसलाई देशका अन्य स्थानमा समेत लागू गरिने भियतनाम सरकारको योजना छ ।  

भियतनामको यो निर्णयप्रति असहमति जनाउँदै हानोईस्थित जापानको राजदुतावासले भियतनामका अधिकारीहरुलाई एक पत्र लेख्दै अचानक गरिएको निषेधले अटो उद्योगसँग सम्बन्धित ठूलो जनशक्तिले रोजगार गुमाउने चेतावनी दिएको छ । राजदुतावासले यसको विकल्पको रुपमा उपयुक्त विद्युतीय सवारी साधन अपनाउन सुझाव समेत दिएको छ ।  

भियनामको दुईपाङ्ग्रे सवारी बजार विश्वकै ठूलो मध्ये एक हो । जसको बजार ४.६ अर्ब डलरबराबर रहेको छ । १०० मिलियन जनसंख्या भएको भियतनाममा ८० प्रतिशत मानिससँग मोटरबाइक रहेको छ । जुन विश्वकै सबैभन्दा ठूलो स्वामित्व दर हो ।  

भियतनाममा विशेष गरेर जापानका अटो निर्माता होन्डा, यमाहा र सुजुकी जस्ता विदेशी ब्राण्डका मोटरसाइकलको दबादबा रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.