सोमबार, श्रावण १८,२०८३ 09:36:11
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:36:11
Bizshala
Global IME Bank Limited

भारत र चीनबीच पाँच वर्षपछि प्रत्यक्ष उडान सुचारु

भारत र चीनबीच पाँच वर्षपछि प्रत्यक्ष उडान सुचारु
New Office

काठमाण्डौ । भारत र चीनबीच पाँच वर्षपछि प्रत्यक्ष उडान सुचारु भएको छ। भारतको कोलकाताबाट करिब १८० यात्रु बोकेर इन्डिगोको फ्लाइट ६ई–१७०३ सोमबार चीनको ग्वान्जाओ पुगेको छ । कोविड महामारीको बेला २०२० को शुरुमा दुई देशहरू बीचको सीधा उडानहरू निलम्बित गरिएको थियो।

सोही वर्ष लद्दाखको गलवानमा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपपछि उडानहरू सुचारु भएनन् । तर, अहिले दुई देशबीचको सम्बन्ध विस्तारै सुधार हुँदै गएको छ । गत वर्ष पनि दुवै पक्षले सीमा सुरक्षासम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए । यसै वर्षको अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सात वर्षपछि चीनको भ्रमण गरेका थिए भने सोही महिनामा चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारत भ्रमण गरेका थिए ।

भारत सरकारले उडानहरू पुनः सुचारु गर्दा जनताबीचको सम्पर्क बढाउने र द्विपक्षीय सम्बन्धलाई क्रमिक रूपमा सामान्य बनाउन मद्दत पुग्ने बताएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.