बुधबार, बैशाख २,२०८३ 09:28:59
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 09:28:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बिहिबारदेखि पुनः भारी वर्षा तथा हिमपातको सम्भावना, यी क्षेत्र हुनेछन् बढी प्रभावित

Bizshala
बिहिबारदेखि पुनः भारी वर्षा तथा हिमपातको सम्भावना, यी क्षेत्र हुनेछन् बढी प्रभावित
Shivam Cement

काठमाण्डौ । बिहिबारदेखि पुनः भारी वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहिबार कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको साथै मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

हाल पश्चिममा अरबसागर र पुर्वमा अण्डमानसागर दुवै तर्फ समुद्री आँधी सक्रिय रहेको छ । आज कर्णाली, गण्डकीको धेरै क्षेत्रमा भारी वर्षा र हिमपात हुँदैछ ।  

यस्तै मुगु, डोल्पा, हुम्ला, जुम्ला, मनाङ्, मुस्ताङ लगायत अन्य हिमाली क्षेत्रमा भारी हिमपात हुँदैछ । काठमाण्डौ लगायत तराई र पुर्वी क्षेत्रमा पनि यसको प्रभाव कायम रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बिहिबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  

कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।  

उक्त दिन राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।  

कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानरू तथा लुम्विनी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा तथा बाँकी पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

 

CG Motors
Garima Development Bank
IME remit

मौसमविद् उज्जवल उपाध्यायले आज रातीसम्म मौसमको प्रभाव घट्ने र भोली बुधबार मौसममा सुधार आउने बताएका छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘काठमाण्डौ लगायतका धेरै भू–भागमा भोली बुधबार वर्षा हुने छैन र केहिबेर घाम लाग्नाले न्यानो अनुभुती हुनेछ । भोलीपल्ट बिहिबार बिहानपनी मौसम खुलानै रहने । तर हाल भारतको कर्नाटका र उडिसामा उत्पात मच्चाइरहेको मोन्था नामक चक्रवत आँधी १३ गते (बिहिबार) साँझ सोझै पर्सा, बारा, रौतहट, सर्लाहिको बाटो  हुँदै नेपाल प्रवेशगर्ने देखिन्छ जसले तराईका यी जिल्लाहरु सहित बाग्मतीमा पनि धेरै वर्षा गराउने छ ।’

उनले गण्डकीमा समेत मध्यम देखी भारी वर्षा हुने बताएका छन् । उपाध्यायका अनुसार पर्सादेखी सुनसरीसम्मको तराई क्षेत्र र यसको उत्तरी क्षेत्रमा रहेका पहाडी र हिमाली क्षेत्रमा पनि भारीवर्षा र हिमपात देखिन्छ । रोल्वालिङ्, सगरमाथा, मकालु-बरुण क्षेत्रमा पदयात्रा बिहिबार र शुक्रबारसम्म स्थगित गर्नु ठिक हुनेछ ।  

बिहिबार साँझदेखी शुक्रबार मध्यान्हसम्म उल्लेखित जिल्लासहित इलाम,धनकुटा,संखुवासभा,सोलुखुम्बु,तेह्रथुम,पाँचथर, खोटाङ,झापा उच्च जोखिममा देखिन्छन । बिहिबार मध्यान्हदेखी शुक्रबार मध्यान्हसम्म बीपी राजमार्ग र पृथ्वी राजमार्ग, तथा काठमाण्डौ–हेटौंडा जोड्ने कुनैपनि सडकमा यात्रा नगर्न समेत उनले सुझाएका छन् । शनिबार देखी पुनः मौसम घमाइलो र रमाइलो हुनेछ उनले बताएका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.