काठमाण्डौ । काठमाण्डौको फोहोर फाल्न दिने विषयमा बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासी सहमत भएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै स्थानीयवासी फोहोर फाल्न दिन सहमत भएका छन् ।
विगत ५ दिनदेखि काठमाण्डौको फोहार फाल्न स्थानीयवासीले अवरोध सिर्जना गरेकाले समस्या समाधान गर्न मन्त्री घिसिङ आज बञ्चरेडाँडा गएका थिए । स्थानिय बासिन्दासँगको छलफलका क्रममा उनले स्थानीय बासिन्दाको माग १५ दिन भित्र पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
स्थानीयवासी वैज्ञानिक रूपमा फोहर व्यवस्थापन गर्न विगतमा भएको १८ बुँदे सहमति कार्यान्वयनको माग लगायतका विषय राख्दै फोहोर फाल्न दिएका थिएनन् ।

