मंगलवार, असार ३,२०८२ 10:49:29
  • मंगलवार, असार ३,२०८२ 10:49:29
Global IME Bank Limited

मर्जरपछिको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव,विभिन्न कार्यक्रमको आयोजना

Hyundai Nepal
मर्जरपछिको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव,विभिन्न कार्यक्रमको आयोजना
Nabil Bank Limited

काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरपश्चात प्रथम वार्षिकोत्सव मनाएको छ । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर  २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आज विविध कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव मनाएको हो । 

कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत,उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।  उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरु भई घन्टाघर – भद्रकाली – जमलहुदै पुनः कमलादीमा पुगेर  टुंगिएको थियो ।  साथै नेपाल रेड क्रस सोसाईटिसँगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।  उक्त कार्यक्रममा ५५ जनाभन्दा बढी सहभागीहरुले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै काठमाण्डौ शान्तिनगरस्थित असहाय वृद्धवृद्धाहरुको लागि विशेष आश्रय प्रदान गरिरहेको निःसहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरुमार्फत सामाजिक उत्तर दायित्वअन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरिएको कम्पनीले उल्लेख गरेको छ ।  

 कम्पनीको हालको चुक्तापुँजी ४ अर्ब १८ करोड रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष १२ अर्ब ६९ करोड रहेको छ । कम्पनीले देशभरिका १७५ साखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.