काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जामन्त्री कुलमान घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । शाक्यले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गर्ने घिसिङको निर्णयविरुद्ध रिट दायर गरेका हुन् ।
केपी ओली नेतृत्वको सरकारले शाक्यलाई ४ वर्षको लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । जेनजी आन्दोलनबाट ओलीको बहिर्गमन भएपछि शाक्य समेत कार्यकारी निर्देशक पदबाट हटाइएका थिए ।
उनलाई ऊर्जा मन्त्री कुलमान घिसिङले जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेका थिए ।
शाक्यले सुनुवाइको सामान्य मौका समेत नदिई जिम्मेवारीबाट हटाई अन्यत्र जिम्मेवारी दिइएको भन्दै उक्त निर्णयविरुछ रिट दायर गरेका छन् ।

