काठमाण्डौ । अमेरिकी अटो निर्माता कम्पनी टेस्लाको चीनमा निर्मित विद्युतीय कार(ईभी)को बिक्रीमा ९.९ प्रतिशतको गिरावट आएको छ । अक्टोबर महिनामा चीनमा निर्मित टेस्लाका ६१ हजार ४९७ युनिट ईभी कार बिक्री भएको चाइना प्यासेन्जर कार एशोसियसनले जनाएको छ ।
गत सेप्टेम्बर महिनामा भने यसमा २.८ प्रतिशतको वृद्धि देखिएको थियो ।
अक्टोबर महिनामा साङघाईमा अवस्थित कारखानामा निर्मित मोडल थ्रि र मोडल वाई(जुन युरोप ,भारत र अन्य क्षेत्रमा निर्यात हुन्छ)को बिक्री ३२.३ प्रतिशतले घटेको छ ।
टेस्लाले हालसम्म पनि चिनियाँ बजारका लागि आफ्नो वेष्ट सेलिङ मोडल वाई र मोडल थ्रि सेडानको सस्तो भर्जनको उपलब्धताको घोषणा गरेका छैन । यी मोडलका सस्तो भर्जन गत महिना लञ्च गरिएका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                