IME remit
  • मंगलवार, कार्तिक १८,२०८२ 09:51:36
IME remit
Global IME Bank Limited

देशमै बसेर केही गर्न चाहने युवाका लागि नबिल एसएसई अवसरको नयाँ ढोका

Hyundai Nepal
देशमै बसेर केही गर्न चाहने युवाका लागि नबिल एसएसई अवसरको नयाँ ढोका
Shivam Cement

काठमाण्डौ । देशमा सामाजिक उद्यमशीलताको सशक्त विकासका लागि नबिल बैंकले सुरु गरेको ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)’ कार्यक्रम निरन्तर प्रभावकारी बन्दै गएको छ । विशेषगरी, स्वदेशमै रहेर केही नवीन उद्यम सुरु गर्ने लक्ष्य राखेका युवाहरूमाझ यो कार्यक्रम आशाको स्रोतका रूपमा स्थापित हुँदै गएको छ ।

सन् २०२१ बाट सुरु गरिएको यस फेलोसिप कार्यक्रममार्फत हजारौँ युवाहरू सामाजिक उद्यमशीलताप्रति आकर्षित भएका छन् । नबिल बैंकले उद्यमशील सोच, नवीन विचार र समाजप्रतिको दायित्वबोध भएका नवउद्यमीहरूलाई आवश्यक ज्ञान, सीप र मार्गनिर्देशन प्रदान गर्ने उद्देश्यले यो अभियान सुरु गरेको हो । आज यो कार्यक्रम देशका युवाहरूका बीचमा परिचित मात्र नभई, सामाजिक रूपान्तरणको वास्तविक माध्यमका रूपमा स्थापित भइसकेको छ ।

गरिबी निवारण र सशक्तीकरणमा ठोस योगदान पुर्‍याउने लक्ष्यका साथ सञ्चालन भएको यो कार्यक्रमले हालसम्म पाँच संस्करण सम्पन्न गरी छैटौँ संस्करणका लागि आवेदन खुला गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन र समावेशी आर्थिक विकासमा योगदान पुर्‍याउने सोच भएका व्यक्तिहरूका लागि यो कार्यक्रम खुला गरिएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

बैंकका अनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिकहरूले कात्तिक २८ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार यस वर्षदेखि कार्यक्रमलाई गरिबी निवारण, सशक्तीकरण र दिगो विकासको राष्ट्रिय लक्ष्यसँग जोडिएको छ ।

उनका शब्दमा, “मुलुकको समग्र विकासका लागि सामाजिक उद्यमीहरूको सशक्तीकरण सबैभन्दा प्रभावकारी माध्यम बनेको छ । नबिल एसएसईअन्तर्गतका कार्यक्रमहरूले उपलब्ध स्रोतलाई रणनीतिक रूपमा परिचालन गर्दै पछाडि पारिएका समुदायसम्म पुग्ने, वित्तीय नवप्रवर्तन प्रवद्र्धन गर्ने र रोजगारी सृजनामा योगदान पुर्‍याउने दिशा लिएका छन्,” ज्ञवालीले बताए 

नबिल एसएसईका प्रमुख कार्यक्रमहरू

नबिल एसएसईअन्तर्गत दुई प्रमुख कार्यक्रमहरू सञ्चालनमा छन् - फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स ।

हाल बैंकले फेलोसिप कोर्सको छैटौँ समूहका लागि आवेदन खुला गरेको छ । यो छ महिनाको कार्यक्रम त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायसँग सहकार्यमा सञ्चालन हुँदै आएको छ ।

फेलोसिप कार्यक्रम

यो कार्यक्रम स्टार्टअप तथा नविनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरूलाई लक्षित गरिएको हो । सहभागीहरूले ६ महिनासम्म विश्वस्तरीय तालिम, मेन्टरसिप, नेटवर्क विस्तार र वित्तीय पहुँचको अवसर पाउँछन् । हालसम्म ७६ जना सहभागी भइसकेका छन्, जसबाट ६२ वटा उद्यम सञ्चालनमा छन् ।

सर्टिफिकेट कोर्स

तीन महिनाको अवधिको यो कार्यक्रम सातै प्रदेशमा विभिन्न शैक्षिक संस्थाहरूको सहकार्यमा सञ्चालन भइरहेको छ ।

हाल यो कोर्स:

-कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस,

-मधेसमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल,

-बागमतीमा क्याम्पियन कलेज,

-लुम्बिनीमा क्षितिज इन्टरनेशनल कलेज, दिव्यज्योति बहुमुखी क्याम्पस र कोहलपुर मोडल कलेज,

-कर्णालीमा सुर्खेत मोडल कलेज,

-र सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमी मा सञ्चालन भइरहेको छ ।

बैंकका अनुसार यो कार्यक्रमले स्थानीय उद्यमीहरूलाई सशक्त बनाउँदै हालसम्म एक हजार ६९ जनाले प्रत्यक्ष लाभ लिइसकेका छन् ।

प्रदेशअनुसारका प्राथमिकता क्षेत्र

यो वर्षदेखि नबिल बैंकले प्रत्येक प्रदेशका लागि फरक–फरक विषयगत प्राथमिकता निर्धारण गरेको छ :

1️⃣ कोशी प्रदेश – उच्च मूल्य बाली (इलायची, अदुवा, बेसार, किवी आदि) मार्फत उद्यम प्रवद्र्धन

2️⃣ मधेश प्रदेश – खेतीदेखि बजारसम्मको मूल्य शृंखला उद्यम विकास

3️⃣ बागमती प्रदेश – डिजिटल नवप्रवर्तन र हरित उद्यम विकास

4️⃣ गण्डकी प्रदेश – सामुदायिक होमस्टे र पर्यटन प्रवद्र्धन

5️⃣ लुम्बिनी प्रदेश – एग्रो भ्यालु चेन, धार्मिक पर्यटन र सांस्कृतिक उद्यमशीलता

6️⃣ कर्णाली प्रदेश – मौरीपालन, बाँस तथा जडीबुटीजन्य पर्वतीय उद्यम प्रवद्र्धन

7️⃣ सुदूरपश्चिम प्रदेश – ग्रामीण पर्यटन र पशुपालन उद्यम विकास

CG Motors
Muktinath Bikas Bank Limited

फेलोशिप कार्यक्रमबारे विस्तृत जानकारी

नबिल एसएसई फेलोशिप कार्यक्रमको मूल उद्देश्य गरिबी निवारण र सामाजिक समावेशका लागि दिगो समाधान सिर्जना गर्ने सामाजिक उद्यमीहरूलाई विकास गर्नु हो । यसले समाजमा ठोस परिवर्तन ल्याउने सम्भावना भएका उद्यमहरूलाई प्राथमिकता दिन्छ ।

कार्यक्रम महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका र दुर्गम क्षेत्रका युवाहरूका लागि विशेष अवसरको रूपमा रहेको छ ।

मुख्य उद्देश्यहरू

-नवप्रवर्तनात्मक सामाजिक विचारका लागि मञ्च प्रदान गर्न

-सामाजिक उद्यमीहरूलाई नेतृत्व र समस्या समाधान क्षमतासहित विकास गर्न

-वित्तीय स्रोत र बजार पहुँच सहज बनाउन

-रोजगारी सिर्जना गर्दै गरिब र वञ्चित समुदाय सशक्त पार्ने समावेशी उद्यमलाई समर्थन गर्न

तालिमको संरचना

यो छ महिनाको आवासीय कार्यक्रम हो, जसमा सहभागीहरूले निःशुल्क बसोबास र सिकाइका सबै स्रोतमा पहुँच पाउँछन् । सम्पूर्ण तालिमलाई ६ चरणमा विभाजन गरी सञ्चालन गरिन्छ । तालिम सत्रहरूमा उद्यमशीलता, वित्त, सामाजिक प्रभाव र सामुदायिक विकासका विज्ञहरूद्वारा प्रशिक्षण प्रदान गरिन्छ ।

सहभागीले पाउने सुविधा

-व्यावहारिक तालिम र फिल्ड भिजिट

-अनुभवी उद्यमीहरूको मेन्टरसिप

-विशेषज्ञहरूको नेटवर्कमा पहुँच

-सहसिकाइ र समूहगत अनुभव आदानप्रदान

-वित्तीय पहुँच र लगानी अवसर

कार्यक्रमको प्रभाव

हालसम्म फेलोसिप कार्यक्रमले ७६ जना उद्यमीलाई तालिम दिएको छ, जसबाट ६२ उद्यम स्थापन भएका छन् । यी उद्यमहरूले १,१७२ प्रत्यक्ष र १३,२९५ अप्रत्यक्ष रोजगारी सिर्जना गरेका छन् । पाँचौँ ब्याचमा २० जना सहभागी छन्, जसले स्थानीय अर्थतन्त्र र रोजगारी सृजनामा प्रत्यक्ष योगदान पुर्‍याइरहेका छन् ।

आवेदन प्रक्रिया

इच्छुक उम्मेदवारहरूले नबिल बैंकको वेबसाइट वा नबिल एसएसईको सामाजिक सञ्जालमार्फत आवेदन दिन सक्नेछन् । गूगल फारम डाउनलोड गरी [email protected] मा पठाउन पनि सकिन्छ । छनोट समितिले मापदण्डका आधारमा आवेदन मूल्याङ्कन गरी अन्तर्वार्ताबाट अन्तिम चयन गर्छ ।

वित्तीय सहयोग

योग्य फेलोजहरूले नबिल बैंकको ऋण योजना तथा साझेदार संस्थाहरूको लगानी सहयोग प्राप्त गर्न सक्छन् । कार्यक्रम पूर्ण रूपमा निःशुल्क छ र सहभागीहरूको बसोबास तथा सिकाइ सम्बन्धी सम्पूर्ण खर्च बैंकले व्यहोर्छ । सहभागीहरूले केवल यातायात खर्च स्वयम् बेहोर्नुपर्नेछ ।

समूह सहभागिता र निरन्तर सम्बन्ध

फेलोसिपका लागि व्यक्तिगत रूपमा आवेदन दिन सकिन्छ, तर समूहमा सञ्चालित उद्यमका हकमा एक प्रतिनिधि सहभागी हुन सक्छन् । साथै, नबिल एसएसईले आफ्ना पूर्व–फेलोजहरूका लागि निरन्तर कार्यशाला र नेटवर्किङ कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ, जसले सामाजिक प्रभाव विस्तारमा सहयोग पुर्‍याइरहेको बैंकको विश्वास छ ।

प्रमाणपत्र पाठ्यक्रमका लागि आवेदन

इच्छुकले नजिकको साझेदार कलेजमा सम्पर्क गरी आवेदन अवधि भित्र आवेदन बुझाउन सक्छन् । छनोट सूचीमा परेका उम्मेदवारहरू अन्तर्वार्तापछि सहभागी हुन सक्नेछन् ।

नबिल बैंकको प्रतिबद्धता

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो, जसले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत देशभर सकारात्मक परिवर्तन ल्याउने अभियानहरू सञ्चालन गर्दै आएको छ ।

बैंकले वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा विशेष प्राथमिकता दिएको छ ।

यसै प्रयासबाट हजारौँ नागरिकको जीवनस्तरमा सुधार आएको छ र देशमा सामाजिक उद्यमशीलताको नयाँ अध्याय सुरु गर्न नबिल बैंक अग्रणी रूपमा अगाडि बढेको छ ।

“सशक्त उद्यमी-समावेशी समाज, दिगो विकास : यही हो नबिल एसएसईको लक्ष्य।”

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.