काठमाण्डौ । नेप्सेमा दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘डीएचइएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको १०० रुपैयाँ अंकित दरको कुल १ करोड ३ लाख ५ हजार कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारणहरुलाई बिक्री गरिएको ३९ लाख ५० हजार (३८.३३ प्रतिशत) र संस्थापक सेयरधनीहरुले लगानी गरेको ६३ लाख ५५ हजार कित्ता (६१.६७ प्रतिशत) गरी कुल १ करोड ३ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १४२.८१ रुपैयाँदेखि अधिकतम ४२८.४३ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ । सोही आधारमा भोलिदेखि उक्त कम्पनीको कारोबार खुल्नेछ ।

